७ वैशाख २०८१ शुक्रबार
राजनीति

देउवाले भने– ‘भनसुन उद्योग फस्टायो, लोकसेवा पास भएर के गर्नुहुन्छ ?’

फाइल फाेटाे

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा ‘भनसुन उद्योग’ सुरु भएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेको ‘मान्छेका कथाहरु’ कथा संग्रह लोर्कापण कार्यक्रमा सभापति देउवाले नेपालमा सबै भन्दा ठुलो उद्योगको रुपमा भनसुन उद्योग फस्टाउँदै गएको बताएका हुन्। लोकसेवा आयोगको परीक्षामा समेत भनसुन चल्ने गरेको दाबी उनले गरे।

उनले भने ‘नेपालमा भनसुन उद्योग सुरु भईसक्यो। सबै भन्दा ठुलो उद्योग भनेको भनसुन उद्योग हो। जसको भनसुन हुन्छ उसको चल्छ। लोकसेवा अयोगको लिखित परीक्षा पास भएर के गर्नुहुन्छ? उसको भनसुन गर्ने मान्छे थिएन फेल गर्दिए।’

उनले निर्मला पन्तको हत्यारा अहिले सम्म पत्ता लाग्न नसकेको, दण्डहिनता र हिंसाका घटनाहरु बढ्दै गएको, भ्रष्टाचारलगायत सुशासन कायम हुन नसकेकाले मुलुकमा असल राजनीतिज्ञको आवश्यकता रहेको बताए।

प्रकाशित: ११ श्रावण २०७६ १३:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App