दक्षिण एशियाली खेलकुद प्रतियोगिता निर्धारित समयमै हुन्छः सिलवाल

शनिबार, ११ साउन २०७६, १८ : ३५ नागरिक

काठमाडाैं– राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले दक्षिण एशियाली खेलकुद प्रतियोगिता निर्धारित समयमा नै हुने भन्दै आशंका नगर्न आग्रह गरेका छन्।

नेपाल खेलकुद पत्रकार मञ्चले  शनिबार राजधानी काठमाण्डौमा गरेको कार्यक्रममा परिषद्का सदस्य सचिव सिलवालले कार्यविधि र पुर्वाधारका कारणले खेल नरोकिने बताएका हुन। उनले केही खेलका लागि बैकल्पिक रंगशालाको व्यवस्था पनि गरिएकाले कार्यविधि र पुर्वाधारका कारणले खेल प्रभावित नहुने स्पष्ट पारे। उनले प्रतियोगिता गर्न राष्ट्रले प्रतिवद्धता जनाईसकेकाले कुनै पनि वहानामा त्यसबाट पछि हट्न नमिल्ने तर्क गरे।

उनले सार्वजनिक खरिद ऐन र कार्यविधिमा केही जटिलताहरु भएपनि त्यसबारे सम्बन्धित निकायमा आफुले कुरा राखिसकेकाले फास्ट ट्रयाक मार्फत गएर भए पनि प्रतियोगिता संचालन गरिने दाबी गरे। साथै प्रधानमन्त्री, अर्थमन्त्री र खेलकुद मन्त्रीले बजेट अभावमा खेल नरोकिने आश्वासन दिएको पनि उनले जानकारी गराए।

रंगशाला निर्माण, रंगशालासम्मको सडक विस्तारलगायत खेलका पुर्वाधार तयार नहुनु,  बजेट तथा सार्वजनिक खरिद ऐन र परिषद्को कार्यविधिमा देखिएको जटिलताले दक्षिण एसियाली खेलकुद प्रतियोगिता नेपालमा नहुने हो कि भन्ने आशंका बढीरहेका बेला नवनियुक्त परिषद्का सदस्य सचिव सिलवालले प्रतियोगिता कुनै पनि वहानामा नरोकिने बताएका हुन्। 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad