७ वैशाख २०८१ शुक्रबार
समाज

नदीमा हामफालेर युवती बेपत्ता

चितवन- नारायणी नदीमा हामफालेर एक युवती बेपत्ता भएकी छन्। बेपत्ता हुनेमा भरतपुर महानगरपालिका–८ सल्लेनी बस्ने २० वर्षीया सम्झना गुरुङ रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नं १ देवघाटबाट गुरुङ नारायणी नदीमा हामफालेकी हुन्। उनी आज दिउँसो करिब ३ः४५ बजे नदीमा हामफालेको प्रहरीले जनाएको छ। नदीमा हामफालेकी गुरुङको खोजीकार्य जारी रहेको छ। रासस

प्रकाशित: ११ श्रावण २०७६ १२:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App