coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

शिक्षा व्यापारमुखी भएकोमा चिन्ता

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले शिक्षा व्यापारमुखी भएको भन्दै चिन्ता व्यक्त गरेका छन्। भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप मावि तथा शारदा क्याम्पस माविमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको शनिबार भएको भेलामा उनले शिक्षा दिने भन्दा पनि पैसा कमाउने हिसावले धेरै स्कुल कलेज खुलेको भन्दै यो चिन्ताको विषय भएको बताए।

सरकारी स्कुल कलेज बन्द गराई नाफामुखी स्कुल कलेजहरुलाई प्रोत्साहन गर्ने काम सरकारीस्तरबाटै हुने गरेको चर्चा गर्दै यस्ता कुरा पुँंजावादी व्यवस्थाका विशेषताहरु रहने गरेको उनले सुनाए। उनले विश्वविद्यालयहरुमा भागबन्डा, भ्रष्टाचार, घुसखोरी यसका उदाहरण रहेको बताए।

उनले विद्यार्थीलाई परीक्षाकेन्द्रित दृष्टिकोणले मात्र पढाउने नगरी समाज बुझाउनुपर्ने आवश्यकता औंल्याए। शिक्षकले पनि थप अध्ययन र अनुसन्धान गरी विद्यार्थीलाई शिक्षा दिनुपर्नेमा उनको विशेष जोड थियो। बोली, वचन र व्यवहार प्रतिष्ठाको विषयको भएकोले शिक्षक तथा कर्मचारीहरूले बोली–व्यवहार शिष्ट हुनुपर्ने उनको भनाई छ। राजनीतिबारे सबैले जानकारी राख्नुपर्छ 'राजधानीमा बस्नेले अझ बढी राजनीति बुझ्नुपर्छ', उनले भने।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विश्वविद्यालयमै विकृतिको चाग रहेको चर्चा गर्दै यस्ता विश्वविद्यालयले कसरी देशका लागि असल व्यक्ति उत्पादन गर्न सक्छ भनी प्रश्न गरे। देशको आवश्यकताअनुसार विविध विषयमा अध्ययन गर्न शिक्षकहरूले  विद्यार्थीहरूलाई उत्प्रेरणा दिइरहनुपर्ने उनले बताए।

प्रकाशित: ११ श्रावण २०७६ १२:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App