coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पहिरोले पुरिँदा गाडीमा सवार दुई जनाको मृत्यु, ७ जना घाइते

रसुवा– रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, तातोपानी क्षेत्रमा पहिरोले टाटासुमोको पछाडिको भाग पुरिँदा दुई जनाको मृत्यु भएको छ। घटनामा  ७ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ। चालकलाई भने केही भएको छैन।

रसुवागढीबाट काठमाडौँ जान लागेको ना १ ज ७८२४ नम्बरको टाटासुमोको पछाडीको भागमा पहिरो झरे पछि दुई जनाको घटनास्थलमा नै ज्यान गएको प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले बताए।

गाडीमा १० जना यात्रु रहेका थिए। थप विवरण आउन बाँकी छ। घाइतेको उपचारको लागि टिमुरे स्वास्थ्य चौकी लगिएको छ। शनिबार साँझ ५ बजे पहिरो गएको हो।

 

प्रकाशित: ११ श्रावण २०७६ १२:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App