८ वैशाख २०८१ शनिबार
राजनीति

विप्लव समूहद्धारा घर कब्जा

विप्लवले कब्जामा लिएको रेखा कडायतको टीकापुरस्थित घर । तस्बिरः नागरिक

टीकापुर- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको थारुवान स्वायत्त प्रदेशका कार्यकर्ताले शनिबार कैलालीस्थित टीकापुरमा एक व्यक्तिको घरजग्गा कब्जा गरेका छन्। उनीहरुले टीकापुर नगरपालिका–१ ब्लक नं. १७ मा रहेको रेखा कडायतको घरजग्गा कब्जामा लिएका हुन्।

थारुवान् स्वायत्त प्रदेश एरिया नं. १ जनपरिषद टीकापुरले एक विज्ञप्ति जारी गर्दै स्थानीय कडायतको घरजग्गा कब्जामा लिएको जनाएको छ। जनपरिषद प्रमुख विमर्शद्धारा जारी गरिएको विज्ञप्तिमा टीकापुरमा अवैधानिक ढंगबाट मिटर ब्याज, ढुकुटी जस्ता वित्तीय कारोवारमा गर्न संलग्न रहेको आरोपमा घरजग्गा कब्जा गरिएको जनाइएको छ। उनको घरमा कार्यकर्ताहरुले झण्डा र ब्यानर टाँसेका छन्।

त्यस्तै कडायतले राज्यलाई कर छली गरेको र पैसा दिएवाफत् ठूलो ब्याज दिने भन्दै प्रलोभनमा पारेर करोडौं रुपैयाँ लगेर भागेकाले घरजग्गा कब्जामा लिएको उल्लेख छ। विज्ञप्तिमा सबै जनताको रकम फिर्ता नगरेसम्म उनको घरजग्गा कब्जामा रहने उल्लेख छ। विज्ञप्तिमा आफ्नो पार्टीले कालोबजारी, महंगी, मिटर ब्याज, ढुकुटी जस्ता अवैधानिक काम गर्नेहरुलाई कारवाही गर्ने जनाएको छ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी मनोहरप्रसाद भट्टले कब्जा लिएको भनिएको घरमा केही नभेटिएको बताएका छन् । उनले भने–‘हामीले त्यता टोली पठाएका थियौं, त्यहाँ केही पनि भेटिएन्।’

कडायत टीकापुरमा सञ्चालित रेखा व्युटीपार्लरकी सञ्चालिका हुन्। उनलाई ढुकुटी र मिटर ब्याजको नाममा करोडौं ठगी गरेर फरार रहेको आरोप लाग्दै आएको छ । उनी एक वर्ष यता टीकापुर भन्दा बाहिर रहेको स्थानीयहरु बताउँछन्।

प्रकाशित: ११ श्रावण २०७६ ११:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App