७ वैशाख २०८१ शुक्रबार
समाज

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा गरिएको नियुक्तिको विरोध

फाइल तस्बिर ।

वीरेन्द्रनगर– उपकूलपतिले गरेको नियुक्ति विश्वविद्यालयको ऐन नियमविपरीत भएको भन्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका निलम्बित रजिष्ट्रार महेन्द्रकुमार मल्लसहित यहाँका प्राध्यापक संघसंगठनहरूले विरोध जनाएका छन्।

उपकूलपतिले २०७५ असोजमा गरेको परीक्षा व्यवस्थापन प्रमुख, क्याम्पस प्रमुख, कार्यक्रम निर्देशक, परीक्षा सहव्यवस्थापक प्रमुखको नियुक्ति विधि विधानविपरीत भएको भन्दै उनीहरूले विरोध जनाएका हुन्।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका निलम्बित रजिष्ट्रार मल्लसहित प्रजातान्त्रिकवादी प्राध्यापक संघ, प्राध्यापक समाज, नेपाल लोकतान्त्रिक प्राध्यापक संघ र प्राध्यापक मञ्च नेपालले शनिबार वीरेन्द्रनगरमा संयुक्त पत्रकार सम्मेलन गरी क्षमता, मिहिनेत, परिश्रम हेरेरभन्दा पनि राजनीतिक आग्रह पूर्वाग्रहमा नियुक्ति भएको बताए।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय आठ महिनादेखि निमित्तको भरमा चलेको, शैक्षिक प्राज्ञागिक संस्था अस्तव्यस्त रहेको, प्रशासनिक काममा स्वतन्त्रता र व्यवस्थित नभएको, पूर्वाधार विकासका काम ठप्प भएको, सरोकारवालाहरूसँग समन्वय सहकार्य नभएको भन्दै विरोधमा उत्रिएको मध्यपश्चिमाञ्चल विश्वविद्यालयका निलम्बित रजिष्ट्रार मल्लले बताए।

यस विषयलाई संवादमार्फत् टुंग्याउनुपर्ने प्राध्यापक संघसंगठनहरूले जनाएका छन्। यसरी विधि पद्धतिअनुसार काम नहुँदा शिक्षामा गुणस्तरता घट्दै गएको भन्दै प्राध्यापक मञ्च नेपाल मध्यपश्चिमाञ्चल विश्वविद्यालयका संयोजक प्रचण्डकुमार पोखरेलले विश्वविद्यालय लथालिङ्ग भएको बताए।

विश्वविद्यालयमा सहमति सहकार्यभन्दा व्यक्तिको मनोमानीले बेथिति बढेको उनको भनाइ छ।

प्रकाशित: ११ श्रावण २०७६ ११:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App