coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

साताको शेयरः दुई अर्बको कारोवार

काठमाडाैं– धितोपत्र बजारमा यस साता करीब दुई अर्ब रुपैयाँ बराबरको शेयर कारोवार भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १७१ कम्पनीको ७१ लाख ९२ हजार ७६४ कित्ता शेयर एक अर्ब ९७ करोड ७७ लाख ९४ हजार ९३४ रुपैयाँ मूल्य बराबरको शेयर कारोवार भएको छ। गत बिहीबार कारोवार मापक नेप्से परिसूचक एक हजार २७२.४९ बिन्दुमा पुगी बन्द भएको बजार यस साताको अन्तिम दिन अर्थात् यही बिहीबार साउन ९ गते एक हजार २६९.९२ मा पुगी बन्द भयो। यस आधारमा हेर्दा साताभर नेप्से २.५७ बिन्दुले घटेको छ।

साताको पहिलो दिन नेप्से परिसूचक ३.७५ बिन्दुले घटेर एक हजार २६८.७४ बिन्दुमा पुग्यो। ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.५३ ले घटेर २७३.३० मा पुग्यो। कूल १६६ कम्पनीको ११ लाख १९ हजार ५६३ कित्ता शेयर २९ करोड ८१ लाख ५७ हजार ११६ रुपैयाँ मूल्यमा खरीद बिक्री भए।

सोमबार शेयर कारोवार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लाग्यो। सो दिन नेप्से परिसूचक २.४८ विन्दुले बढेर एक हजार २७१.२३ विन्दुमा पुग्यो। नेप्से उकालो लाग्दा कूल १६६ कम्पनीको १० लाख ८४ हजार ५५३ कित्ता शेयर ३१ करोड ६६ लाख ४३ हजार ४२१ रुपैयाँ मूल्यमा खरीद बिक्री भए।

मङ्गलबार नेप्से परिसूचक करीब छ अङ्कले उकालो लाग्यो। सो दिन कारोवार मापक नेप्से परिसूचक ५.९४ बिन्दुले बढेर एक हजार २७७.१७ बिन्दुमा पुग्यो। परिसूचक बढे पनि आज कारोवार रकम भने उल्लेख्यरुपमा वृद्धि हुन सकेन। सोमबारको तुलनामा कारोवार रकम वृद्धि भएको छ। कूल १६९ कम्पनीको १४ लाख ४४ हजार १९२ कित्ता शेयर ३६ करोड ८९ लाख ८० हजार ८६० रुपैयाँ मूल्यमा खरीद बिक्री भए।

बुधबार कारोवार मापक नेप्से परिसूचक उकालो लाग्यो। सो दिन परिसूचक ६.९० अङ्कले बढेर एक हजार २८४.०७ मा पुग्यो। परिसूचक बढे पनि कारोवार रकममा उत्साह देखिएन। कूल १७० कम्पनीका १३ लाख ४६ हजार ३३० कित्ता शेयर ४४ करोड ३४ लाख ८१ हजार ३९१ रुपैयाँमा खरीद बिक्री भए। गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ९.१३, मिथिला लघुवित्त वित्तीय संस्था ८.५०, दिव्यश्वरी हाइड्रोपावर ७.८१, सामुदायिक लघुवित्त वित्तीय संस्था ७.६९ र नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.६८ प्रतिशतले कमाए।

चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछि शेयर कारोवारमा गुणात्मक सुधार आउने अपेक्षामा रहेका लगानीकर्ता बिहीबार निराश भए। शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ। नेपाल राष्ट्र बैंकले बुधबार आर्थिक वर्ष २०७६/०७७ को मौद्रिक नीति सार्वजनिक गरेको थियो। सो दिन नेप्से परिसूचक १४.१५ अङ्कले घटेर एक हजार २६९.९२ मा पुगेको छ। प्रतिशतका आधारमा परिसूचक १.१० प्रतिशतले घटेको हो।

यस्तै ठूला कम्पनीका शेयर कारोवार मापक सेन्सेटिभ परिसूचक २.६६ अङ्कले घटेर २७३.४७ मा पुगेको छ। परिसूचक ओरालो लागे पनि कारोवार रकममा भने सुधार देखियो। कूल १७१ कम्पनीका २१ लाख ९८ हजार १२६ कित्ता शेयर५५ करोड पाँच लाख ३२ हजार १४६ रुपैयाँ मूल्यमा खरीद बिक्री भए। रासस

प्रकाशित: ११ श्रावण २०७६ ०९:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App