८ वैशाख २०८१ शनिबार
खेल

एर्भटनलाई पराजित गर्दै चेल्सी प्रिमियर लिगको शीर्ष स्थानमा

लण्डन–इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति सम्पन्न खेलमा चेल्सीले एर्भटनविरुद्ध सानदार जित हात पारेको छ। चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा चेल्सीले एर्भटनमाथि ५–० को सानदार जित हात पारेको हो। खेलको १९ औं मिनेटमा इडेन हेजार्डले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए।

त्यसको एक मिनेटपछि नै चेल्सीका ओलन्सोले गोल गर्दै आफ्नो टोलीको अग्रता दोब्बर पारेका थिए। खेलको ४२ औं मिनेटमा डिएगो कोस्टाले गोल गर्दा चेल्सीले पहिलो हाफमा ३–० को अग्रता लिएको थियो।

खेलको दोस्रो हाफमा पनि आफ्नो दबाब  कायम राखेको चेल्सीकालागि हेजार्डले ५६ औं मिनेटमा गोल गर्दा उसले ४–० को अग्रता लिएको थियो। खेलको ६५ औं मिनेटमा पेड्रोले गोल गर्दै चेल्सीको अग्रता ५–० मा पुर्याएका थिए । त्यसपछि खेलमा कुनै गोल भएन र खेल चेल्सीले ५–० ले जित्न सफल भयो। हिजै सम्पन्न अर्को खेलमा म्यानचेस्टर सिटी भने मिडल्सबर्गसँग १–१ गोलको बराबरीमा रोकिएको छ ।

यस जितसँगै चेल्सी ११ खेलबाट २५ अंक जोड्दै प्रिमियर लिगको लिगको शीर्ष स्थानमा उक्लिएको छ। बराबरीमा रोकिएको म्यानचेस्टर सिटी भने समान ११ खेलबाट २४ अंक सहित लिगको दोस्रो स्थानमा झरेको छ।

 

प्रकाशित: २१ कार्तिक २०७३ ०४:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App