coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

घाज्नी प्रान्तमा कारबम विस्फोट, तीनको मृत्यु, बाह्र घाइते

काबुल– अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीमा रहेको एक प्रहरी चौकीको प्रवेशद्वारमा शनिबार भएको एक कारबम विस्फोटमा परी कम्तीमा तीन प्रहरी अधिकारीको मृत्यु भएको छ।

यस विस्फोटमा परी अन्य १२ जना घाइते भएका छन्। प्रान्तीय सरकार प्रवक्ता आरेफ नुरी उक्त विस्फोटको पुष्टि गरेका छन्। 

प्रहरी कार्यालयनजिकै प्रहरीलाई नै लक्षित गरेर विस्फोट गराइएकाले मृत्यु हुने पनि सवै जना प्रहरी नै रहेका छन्। देशको पूर्वी क्षेत्रमा पर्ने घाज्नी प्रान्तमा रहेको अबान्ड जिल्लामा घटना भएको नुरीले बताए। 

 'आतङ्कवादीहरुको संगठनले आज बिहान कारबम आक्रमण गरेको हो, अबान्ड जिल्लामा रहेको प्रहरीको प्रवेशद्वार मै आक्रमण भएकाे छ,' नुरीले भने।

घटनाका बारेमा थप विवरण आउन बाँकी नै रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन्। रासस/सिन्ह्वा

प्रकाशित: ११ श्रावण २०७६ ०७:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App