८ वैशाख २०८१ शनिबार
समाज

जाजरकोट अस्पतालमा औषधि अभाव

काठमाडाैं– कर्णाली प्रदेश सरकारको मातहतमा रहेको जाजरकोट अस्पतालमा औषधि अभाव भएको छ। एक महिनादेखि अस्पतालमा औषधि अभाव भए पनि पूर्ति नहुँदा समस्या भएको अस्पतालले जनाएको छ।

इन्जेक्सन, सिफेकजन, एमपि, कोलकसा, पाराफ्लाम, डिएफओ गेल  इनजेकसन, पेनटोप घाउमा लगाउने मलम, मेयुपेरेसन जीवनजल, टेबलेट, पेनटोपलगायत औषधिको अभाव भएको हो। दैनिक पुर्जी लिएर औषधि किन्न फार्मेसीमा बिरामी पुगे पनि औषधि नहुँदा बाहिरका औषधि पसलमा गएर खरिद गर्न बाध्य हुनु परेको बिरामीले बताएका छन्।

बीमा गरेका बिरामीले सबैभन्दा बढी समस्या खेपेका छन्। बीमा गरेका बिरामीले समेत औषधि नहुँदा औषधि पसलमा गएर औषधि किन्न बाध्य भएका छन्। औषधि अभावका विषयमा अस्पतालका प्रमुख डा. केसर कार्कीले औषधि केही दिनमा आइपुग्ने बताए। कर्णाली प्रदेश सरकारले पठाएको बजेट पुरानो हिसाब लेखा परीक्षण नगरुन्जेल चलाउन नपाउने भएकाले समस्या भएको उनले बताए।

निःशुल्क पाइने औषधिसमेत जाजरकोट अस्पतालबाट पाउन छाडेको नलगाड नगरपालिका–६ का थलवीर दमाइले बताए। महिना दिन अघिनै औषधि सकिएको प्रशासनलाई जानकारी गराए पनि सुनुवाइ नभएको फार्मेसी विभागले जनाएको छ। औषधि लिन बिरामी आए पनि नपाउँदा रिसाएर जाने गरेका एक कर्मचारीले बताए। रासस

प्रकाशित: ११ श्रावण २०७६ ०७:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App