coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पको विरोधमा फिल्म

न्युयोर्क–ट्रम्पका नीतिकोे विरोध गर्दै बनेको डकुमेन्ट्री फिल्म ‘गड भर्सेज ट्रम्प : ओन्ली लव विन्स’ न्युयोर्कमा प्रिमियर गरिएको छ ।
ट्रम्पले राष्ट्रपतिको चुनाव जिते उनले सार्वजनिक गरेका नीति लागू हुँदा मानवता र पर्यावरणमा कस्तो असर हुन्छ भन्ने कुरालाई समेटिएको छ । डकुमेन्ट्री ब्रिटिश निर्देशकले दुई महिनाको अवधिमा तयार गरेका हुन् ।

बिहीबार फिल्मको न्युयोर्कमा प्रिमियर गरिएको थियो । निर्देशक मार्टिन डंकर्टनले ट्रम्पलाई चुनाव जित्नबाट रोक्ने उद्देश्यले नै फिल्म तयार गरेको बताए । उनले भने, ‘युवाहरुले यो फिल्म हेरुन् र ट्रम्पलाई रोकून । नत्र अमेरिकीसँगै विश्वकै जनताले दुःख पाउनेछन् ।’
डकुमेन्ट्रीमा ट्रम्पका घोषणालाई लिएर विभिन्न पेशाका व्यक्तिले व्यक्त गरेको धारणा समेटिएको छ ।

 

प्रकाशित: २१ कार्तिक २०७३ ०४:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App