८ वैशाख २०८१ शनिबार
अन्य

दमकमा १९ जनामा डेंगु संक्रमण

दमक– झापाको दमकमा हालसम्म १९ जनामा डेंगुरोग संक्रमण भएको पाइएको छ।

दमक नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख इन्द्र अर्यालयका अनुसार गर्मी र वर्षासँगै फैलिएको डेंगु रोगबाट हालसम्म १९ जनामा संक्रमण देखिएको छ।

दुई वर्षअघि दमकमा एक भारतीय नागरिकको मृत्यु हुने गरी महामारीको रुपमा पैmलिएको डेंगु यस वर्ष भने फाट्टफुट्ट रुपमा मात्रै देखिएको अर्यालले बताए। डेंगु रोगीमा प्लेटलेट धेरै घटेर जटिल अवस्था कसैमा पनि नभएको अर्यालले बताए। सबै जनाको उपचार भइसकेको पनि उनले जानकारी दिए।

दमकमा गर्मी सुरुदेखि नै डेंगुको संक्रमण हुन नदिन त्यससम्बन्धी विभिन्न जनचेतनाका साथै लामखुट्टे बस्ने लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिएकाले पनि डेंगु संक्रमण कम देखिएको उनले जानकारी दिए। अहिले वर्षा भइरहँदा लामखुट्टेले पारेका अण्डाहरू पानीले बगाएर लाने भएकाले डेंगुको जोखिम कम हुने पनि उनले बताए। वर्षा रोकिएपछि भने जमेर रहेको पानीमा लार्भा बढ्ने भएकाले नष्ट गर्ने अभियान पुनः सञ्चालन गरिने उनले बताए।

 

प्रकाशित: ११ श्रावण २०७६ ०७:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App