७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

फिलिपिन्समा भूकम्प, ८ जनाको मृत्यु

फिलिपिन्स - फिलिपिन्समा शनिवार बिहानै दुई वटा भूकम्प गएको छ। ५.४ र ५.९ म्याग्निच्युडको दुई वटा भूकम्प गएको राेयर्टसले जनाएको छ। फिलिपिन्सको उत्तरी भागमा पर्ने बतानेज राज्यमा गएको भूकम्पका कारण हाल सम्म ८ जनाको मृत्यु छ। राेयर्टसका अनुसार ६० जना भन्दा बढी घाइते भएका छन्।

घरमा फसिरहेका मानिसको उद्धार कार्य भइरहेको छ। भूकम्पका कारण धेरै घरमा क्षति पुगेको बताइएको छ। क्षतिको बारे थप विवरण सार्वजनिक गरिएको छैन।

प्रकाशित: ११ श्रावण २०७६ ०५:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App