coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रिपब्लिकन पार्टीकातर्फबाट राष्ट्रपतिका उम्मेद्वार ट्रम्पमाथि अाक्रमणकाे प्रयास

न्युयोर्क–अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीकातर्फबाट उम्मेदवार डोनाल्ड ट्रम्पमाथि आक्रमणको प्रयास भएको छ। नेवादाको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा ट्रम्पमाथि आक्रमणको प्रयास भएको हो। बीबीसीका अनुसार सो चुनावी सभालाई सम्बोधन गर्दै गर्दा सभामा सहभागी मानिसकाबीच केही शंकाश्पद मानिस देखा परेका थिए।
 ट्रम्पले सभालाई सम्बोधन गर्दैगर्दा रोकिएर शंकास्पद गतिविधि गर्दै गरेको मानिसतर्फ हेरे। ट्रम्प रोकिएको निमेशभरमै सुरक्षाकर्मीहरुले मञ्चमा पुगेर ट्रम्पलाई धकेल्दै मञ्चको भित्रतिर लगेर लुकाएको  बीबीसीले जनाएको छ। एक व्यक्ति मञ्चबाट भीडतिर कुदेको देखियो । सुरक्षाकर्मीहरुले कार्यक्रमस्थलमा एक व्यक्तिलाई भुईँमा लडाएर शरीरको तलासी लिए ।
सुरक्षाकर्मीले एकजना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएका छन्। पक्राउ परेका व्यक्तिबाट कुनै हतियार भने फेला नपरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। त्यसको केही समयपछि ट्रम्प पुन चुनावी सभालाई सम्बोधन गर्न मंचमा आएका थिए। सम्बोधनका क्रममा ट्रम्पले हिराली क्लिन्टनविरुद्ध आक्रामक रुपमा प्रस्तुत भए।
घटना लगत्तै ट्रम्पका छोरा डोनल्ड ट्रम्प जुनियरले ट्विट गर्दै  भनेका छन्(‘मेरा पिताले फेरि देखाएका छन् कि उनी डटिरहन्छन् र तपाईहरुका लागि निरन्तर लडिरहन्छन् ।’

 

प्रकाशित: २१ कार्तिक २०७३ ०४:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App