coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

भरुवा बन्दुकसहित दुई पक्राउ

विराटनगर– मोरङको कानेपोखरी गाउँपालिका–७, जनजागृति सामुदायिक वनबाट शुक्रबार साँझ दुई थान भरुवा बन्दुकसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका अनुसार अस्थायी प्रहरी चौकी कानेपोखरी, वन कार्यालय कानेपोखरी र जनजागृति वन उपभोक्ता समितिका प्रतिनिधिसहितको टोलीले गस्ती गर्ने क्रममा कानेपोखरी गाउँपालिका–५, जहदाका २६ वर्षीय धनकेशर राई र उर्लाबारी नगरपालिका–४ का ४४ वर्षीय शम्भु गहतराजको साथबाट भरुवा बन्दुक बरामद गरेको हो। दुवैजनालाई इलाका प्रहरी कार्यालय पथरीमा राखी थप अनुसन्धान भइरहेको छ। रासस

प्रकाशित: ११ श्रावण २०७६ ०४:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App