७ वैशाख २०८१ शुक्रबार
अन्य

प्रेरक जीवनकथा

एस.पी. श्रेष्ठको ‘केही ज्ञानी पुरुष’ भन्ने जीवनी सङ्ग्रह प्रकाशित छ। यसमा  ६ जना साधुसन्तको संघर्षपूर्ण जीवनकथा समेटिएको छ। सन्त कबिरदास (१३९८–१५१८)को जीवनी छ सुरुमा। उनका जीवनीबाट  मान्छेको कुनै जात हुँदैन। धर्मसंस्कृतिको अनावश्यक विवादले कसैको भलो गर्दैन। सबैलाई आआफ्नो धर्म मान्ने अधिकार छ। एक आपसमा मिलेर काम गर्दा मानवीय भावना बढ्छ र सबैलाई राम्रो हुन्छ भन्ने ज्ञान दिलाएको छ।

महर्षि दयानन्द सरस्वती (१३९८–१५१८) समाज सुधारक तथा पुनर्जागरणका प्रवर्तक हुन्। उनले देशको सुधार गर्न धर्मको सुधार हुनु पर्नेमा जोड दिएको छ। उनले सम्पूर्ण धर्मलाई एउटै मञ्चमा ल्याएर एकतामा बाँधे, जातिवाद र बालविवाहको विरोध गरे र अनाथालय र विधवाश्रम स्थापना गरे। उनले नारी सुधारका लागि  गुरुकुल, विद्यालय र कलेज बनाउन लगाए।

१३७ वर्षमा देह त्याग गरेका शिवपुरी बाबा (१८२६–१९६३)ले विद्यालय खोल्ने कुरा संसारमा सबैभन्दा राम्रो कुरा हो। कोही पनि शिक्षाबाट वञ्चित हुनु हुँदैन भनेका छन् उनले। श्री अरविन्द घोष (१८७२–१९५०) ले उचनीच र छुवाछुतले देशभक्तिमा प्रभाव पार्ने बुझी सबैलाई राष्ट्रिय भावनाले ओतप्रोत बनाउन खोजे। उनी बाँचुञ्जेल समाज परिवर्तन र उन्नयनका लागि लागे खटे।

विकासवादका समर्थक स्वामी रामतीर्थ (१८७३–१९०६) ले मान्छे विभाजित भएर बाँचेका हुन्छन्। यसरी बाँचेकाहरूको पनि एउटा परिधि सीमित देखिन्छ। यही सङ्कीर्णता नै मुख्य जड हो। सङ्ग्रहमा भारतमा योगदा सत्सङ्ग सोसाइटी र अमेरिकामा सेल्फ रियलाइजेसन फेलोसिपको स्थापना गरेका परमहंस स्वामी योगानन्द (१८९३–१९५२) को जीवनी छ। योगानन्दले विश्वसामु योगविज्ञान, दर्शन एवं ध्यान पद्धतिबारे परिचित गराएको कुरा उल्लेख छ। ‘सच्चा योगीले आफ्नो विचार, सङ्कल्प र भावनालाई आफ्नो शरीरको इच्छा–आकाङ्क्षा –वासनाबाट टाढा राखेको हुन्छ। रत्न पुस्तक भण्डारले प्रकाशित गरेको पुस्तकको मूल्य ८५ रुपैयाँ छ। सङ्ग्रहमा भएको जीवनी प्रेरणदायी छ। मीठो र सरल भाषाशैलीले सङ्ग्रह पठनीय बनेको छ।

प्रकाशित: ११ श्रावण २०७६ ०४:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App