८ वैशाख २०८१ शनिबार
समाज

एसपी ‘कोइराला’को भव्य बिदाइ

स्थानीयतहका तीन जना नगरप्रमुखले एसपी कोईरालालाई संयूक्तरुपमा बिदाई गर्दै।

बर्दिया - सशस्त्र प्रहरी बल ३१ नम्बर गणका एसपी कृष्ण कोईरालाको बिदाइ गरिएको छ। सशस्त्र प्रहरी बल प्रधान कार्यालयले कोइरालाको सरुवा गरेपछि गुलरिया स्थित ३१ नम्बर गणका एसपी कोईरालाको भव्य बिदाइ गरिएको हो। गुलरियामा १४ महिना बसेका कोइराला सशस्त्र प्रहरी बलको २३ नम्बर गण ,मनकामना  तनहुमा सरुवा भएका छन्।

बर्दिया बसाइका क्रममा जनताको मन जित्न सफल एसपी कोइरालाको बिदाइमा सर्वसाधारणको उपस्थिति भव्य रह्यो।
प्रहरी र जनताको सम्बन्ध सुमधुर हुन नसकिरहेका बेला कोइरालाले भने त्यो भ्रमलाई चिरेर स्थानीयको मन जिते। र प्रहरीको गिर्दो शाखलाई जोगाए। फलस्वरुप उनले गरेको योगदानको जिल्लाबासीले मुक्त कण्ठले प्रशंशा गरे।

कर्मचारी मिलन केन्द्रले जिल्ला प्रशासन कार्यालयमा शुक्रवार आयोजना गरेको कार्यक्रममा व्यबसायी छाता संगठन उद्योग वाणिज्य संघ, कर्मचारी,संचारकर्मी र उद्योगीको सहभागीताले बिदाइ कार्यक्रम भव्य बन्यो। १४ महिनाको बसाई सफल र सुखद भएको उनले धारणा राखे।‘जिल्लाको खुला सीमानाकाको चुनौति थियो’उनले भने,‘राजश्व चुहावटदेखि अन्य अपराधिक घटना चुनौतीलाई नै मैले अवसर ठानेर काम गरे।’ रणनितिक योजनामा खटिएको सशस्त्र प्रहरी ४५  लाख बराबरका राजश्व संकलन गरेको उनले जानकारी दिए।

जिल्लाबासीले गरेको सहयोगको उनले चर्चा गरे। फिल्डमा खटिएको प्रहरीले बरामद गरेका सामान भन्सार बुझाउँन कतैबाट अबरोध नभएको उनले बताए।‘यसअघिका जिल्लामा बस्दाको अनुभव सेयर गर्दे उनले भने यस जिल्लामा बस्दा कुनै किसिमको दबाबको सामना गर्न नपरेको उनले खुलाए।

सशस्त्र प्रहरीले जनमैत्री काम गरेको गुलरिया नगरपालिका नगरप्रमुख मुक्तिनाथ यादवले बताए।‘नेपाल र भारतको सीमा क्षेत्रमा नाता सम्बन्ध छ’उनले भने,‘प्रहरी सुरक्षाको कारण कुने अप्रिया घटना भएन,कसैल दुःख झेल्नु परेन।’यस्तै मधुवन नगरपालिका नगर प्रमुख गणेश केसी सशस्त्र प्रहरी बलको सक्रियता प्रशंसा गर्न लायक भएको बताए। एक वर्ष अवधिमा राजश्व चुहावट नियन्त्रण गर्न कहि कतै नचुकेको नगर प्रमुखको भनाई छ। प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले शुन्य शहनशिलताका लागि  कोईराला नेतृत्वको सशस्त्र प्रहरी बलले ठूूलो सहयोग पुगेको उनले बताए।

प्रकाशित: ११ श्रावण २०७६ ०२:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App