coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

मड्रिडलाई चोटको चिन्ता

लन्डन – स्पेनिस क्लब रियाल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले ला–लिगा नयाँ सिजन सुरु हुनु अगाडि खेलाडीको चोटको सूचीले आपूmलाई चिन्तित बनाएको बताएका छन्।

हालै मात्र क्लबमा अनुबन्धित भएका फ्रान्सका फल्र्यान्ड मेन्डी पनि अमेरिका भ्रमणको क्रममा पिडुलाको चोटले ग्रसित हुँदा प्रशिक्षक जिदान चिन्तित भएका हुन्। मार्कोस एसेन्सियो पनि लिगामेन्टको चोटले ग्रसित हुँदा ला–लिगा सिजन सुरुहुन पूर्व क्लबलाई टाउको दुखाइ भएको हो।

‘मार्कोसको स्थानमा को आउने भन्नेमा मैले केही सोचेको छैन,’ जिदानले भने, ‘मार्कोसको चोटले हामीलाई ठूलै क्षति पुगेको छ। टोली भित्रकै खेलाडीलाई स्थान दिँदै मजबुत बनेर मड्रिड फर्किनेछौं।’

यसअघि नै वेल्सका ग्यारेथ बेल रियाल छाड्ने लगभग पक्का रहेको बताएका जिदानले नयाँ सिजनमा को–को खेलाडी थप्ने विषयमा भने केही बोलेका छैनन्। अमेरिका भ्रमणमा रहेको मड्रिडले शनिबार एट्लेटिको मड्रिडसँग न्यु जर्सीमा प्रतिस्पर्धा गर्दै छ।

 

प्रकाशित: ११ श्रावण २०७६ ०२:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App