८ वैशाख २०८१ शनिबार
खेल

अन्तर बैंक फुटसल हुने

काठमाडौं – एक्टिभ स्पोर्टस कम्प्लेक्सको आयोजनामा शनिबारबाट पहिलो स्कोडा अन्तर बैंक फुटसल हुने भएको छ। मोरङ अटो वर्कसपको मुख्य प्रायोजनमा हुने प्रतियोगिता एक्टिभ स्पोर्टस कम्प्लेक्स ढोलाहिटी पाटनमा हुनेछ। प्रतियोगिताअन्तर्गत शनिबार समूह चरणका खेलहरू हुनेछन्। प्रतियोगितामा सहभागी २० बैंकलाई चार समूहमा विभाजन गरिएको छ र प्रत्येक समूहमा ५ टोली छन्।

राउन्ड रोबिन पद्धतिमा हुने प्रतियोगिताको प्रत्येक समूहको विजेता र उपविजेता अन्तिम ८ मा प्रवेश गर्नेछन्। समूह ‘ए’ मा एनआइबिएल बैंक, ग्लोबल आइएमई, नबिल, कुमारी र लक्ष्मी बैंक तथा समूह ‘बी’ मा सिद्धार्थ, सिटिजन्स, माछापुच्छे«, मेगा र एनआइसी एसिया रहेका छन्।

त्यस्तै समूह ‘सी’ मा एनसिसी बैंक, राष्ट्रिय वाणिज्य, सिभिल, प्रभु र सेञ्चुरी बैंक तथा समूह ‘डी’ मा हिमालयन, एनएमबी, नेपाल बंगलादेश, सनराइज र बैंक अफ काठमाडौं छन्। प्रतियोगिताको नकआउट चरणका खेल भने अर्को साता हुनेछ। प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजार रुपैयाँ हात पार्नेछन्।

 

प्रकाशित: ११ श्रावण २०७६ ०२:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App