coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

इन्डोर स्कुल क्रिकेट हुने

काठमाडौं – क्यान्भास इन्डोर स्कुल क्रिकेट प्रतियोगितामा १६ स्कुलले सहभागिता जनाउने भएका छन्। आयोजक क्यानभास बोर्डिङ स्कुलले पत्रकार सम्मेलनमार्फत आइतबारदेखि सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दियो। स्कुल स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित सानै संरचनाको इन्डोर क्रिकेट प्रतियोगिता गर्न लागिएको आयोजक स्कुल क्यानभासका प्रिन्सिपल रमेशकुमार लिङ्देनले जानकारी दिए। सहभागि टोलीलाई चार समूहमा विभाजन गरी खेलाइने भएको छ।

समूह ‘ए’ मा डिएभी स्कुल, नोबेल एकेडेमी, राजश्री गूरुकुल र ग्यालेक्सी तथा समूह ‘बी’ मा ओसिडेन्टल पब्लिक, विद्यासंस्कार, सेन्ट जेभियर र राजन मेमोरियल छन्। समूह ‘सी’ मा आयोजक क्यानभास, नाइटिङ्गेल, बेबिलोन र एपिआई तथा समूह ‘डी’ मा पुष्पसदन, ओम नेसनल, विराट र ओमेगा स्कुल छन्।

नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिताका शीर्ष टोली सेमिफाइलनमा प्रवेश गर्नेछन्। विजेताले ट्रफी, उत्कृष्ट बलर, ब्याट्सम्यान र उत्कृष्ट खेलाडीले ग्रेट हिमालय क्रिकेट एकेडेमीमा  ६ महिना निःशुल्क तालिमको अवसर पाउनेछन्।

प्रकाशित: ११ श्रावण २०७६ ०२:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App