जोरपाटी चोकमा आकाशे पुल निर्माण

शनिबार, ११ साउन २०७६, ०७ : ४४ श्याम राई

गोकर्णेश्वर नगरपालिकाले जोरपाटी चोकमा आकाशे पुल निर्माण गर्ने भएको छ। सर्वसाधारणलाई सहज बनाउनको लागि नगरपालिकाले यसै वर्ष पुल निर्माण गर्न लागेको हो। नगरपालिकाले यसको लागि आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक योजना तथा कार्यक्रमबाट पारित समेत गरेको छ।

नगरपालिकाका प्रवक्ता मनोज ढुंगानाले जोरपाटी चोेकमा धेरै सर्वसाधारण चहलपहल हुने भएकाले सुविधाकै लागि आकाशेपुल बनाउन लागेको बताए। ‘जोरपाटी चोक नगरपालिका जाने सदरमुकाम जस्तै हो। त्यही चोकबाट थुप्रै नगरपालिका जानुपर्छ,’ उनले भने, ‘सर्वसाधारणलाई बाटो काट्न सुविधा र सुरक्षा हुने भएकाले पुल बनाउने योजना ल्याएका छौँ। पुल बनेपछि धेरैलाई वारपार गर्न सहज मिल्ने छ।’  

पुल निर्माणका लागि सबै प्रक्रिया पूरा गरिसकेपछि टेन्डर गरेर यसै वर्षबाट पुल निर्माणको थालनी गर्ने उनले बताए। उनका अनुसार उक्त पुल निर्माणको लागि दुई करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ। नगरपालिकाले आर्थिक वर्षमा एक अर्व ४२ करोडको बजेट ल्याएको छ। गत वर्षमा जम्मा एक अर्ब १८ करोड रूपैयाँको बजेट ल्याएको थियो।

नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सार्वजनिक गरेको गौरवका योजनाअन्तर्गत वार्षिक नीति कार्यक्रममा जोरपाटी चोकमा नगरपालिकाको केन्द्रीय कार्यालय सहितको गोकर्णेश्वर बहुउद्देश्यीय ७ तले भवन निर्माण गर्ने उल्लेख छ। नगरपालिकाले यसको लागि पाँच करोड रूपैयाँ बजेट विनियोजन गरेको छ। नगरपालिकाको केही वडामा बृहत् विशेष खानेपानी योजना ल्याएको छ। यसको लागि पाँच करोड रूपैयाँ बजेट छुट्याएको छ। नगरपालिकाका अनुसार पुरानो धारा भएको ठाउँमा पुरानै धारामा पानी खसाल्ने र नयाँ राख्नुपर्ने ठाउँमा आवश्यकता अनुसार धारा राख्ने योजना छ। त्यस्तैगरी, बाग्मती नदी गोकर्ण बाँधदेखि नारायणटार पुलसम्म ड्याम बाँधी अत्याधुनिक स्टिमर सञ्चालन र किनारा ब्युटिफिकेसन गर्ने भएको छ। यसको लागि नगरपालिकाले तीन करोड रूपैयाँ बजेट छुट्याएको छ।

उत्तरगया गोकर्णेश्वर महादेव मन्दिर परिसर निर्माणका लागि तीन करोड बजेट विनियोजन गरेको छ। शिवपुरी डाँडामा ध्यान मुद्राको विशाल शिव मूर्ति र बुद्ध मुर्ति निर्माण गरी विश्वभरिका हिन्दु तथा बौद्ध धर्मलम्बीहरूको ऐतिहासिक धार्मिक संगम स्थल निर्माण गर्ने कार्यक्रममा उल्लेख छ। यसको लागि नगरपालिकाले दुई करोड रूपैयाँ बजेट छुट्याएको छ। ४ देशे गाउँलाई लिच्छविकालीन संरचना बनाउने पनि कार्यक्रममा उल्लेख छ। वडा नं. ६, ८ र ९ को वडा कार्यालय भवन निर्माण गर्ने भएको छ। यसका लागि तीन करोड रूपैयाँ बजेट विनियोजन गरेको छ। गोकर्णेश्वर पार्क क्रमागतका लागि एक करोड बजेट छुट्याएको छ। आधुनिक बधशाला निर्माण गर्ने योजना छ। यसको लागि ७५ लाख बजेट नगरपालिकाले छुट्याएको छ।

‘प्राविधिक शिक्षालय पूर्वाधार निर्माण तथा स्थापना, ९ वडामानै एक एक वटा र नगरस्तरीय एक गरी १० वटा पार्क निर्माण, नगर भित्रका सडक तथा सहायक सडक किनारामा वृक्षारोपण गरी ग्रिनरी निर्माण, नगरपालिका भित्र विभिन्न ठाउमा बस विसैनी र प्रतिक्षालय निर्माण, भैरवचौरदेखि पाटी दोबाटोसम्म बाटो ड्रेन निर्माण तथा कालोपत्रे, उत्तर बाहिनी जेष्ठ नागरिक सभाहल निर्माण, नगरस्तरीय सरसफाई केन्द्र निर्माण, विपद व्यवस्थापन सम्बन्धी पूर्वाधार निर्माण, फोहोरमैला व्यवस्थापनसम्बन्धी पूर्वाधार निर्माण गर्ने,’ नीति तथा कार्यक्रममा उल्लेख छ।

नीति तथा कार्यक्रममा जोरपाटी फुटबल क्लब राष्ट्रियस्तरको खेलकुद आयोजना, देशव्यापी राष्ट्रिय कवि सम्मेलन, नेपाल मेडिकल कलेजसँगको साझेदारीमा ७० वर्ष नाघेका ज्येष्ठ नागरिकहरूलाई निःशुल्क स्वास्थ्य उपचार, अध्ययनरत किशोरीहरूलाई सेनेटरी प्याड वितरण, पर्यटनको लागि पशुपति, गुहेश्वरी, बौद्ध गोकर्ण उत्तरबाहिनी सुन्दरीजल शिवपुरी हँुदै बागदरवारसम्म एकीकृत धार्मिक पर्यटन क्षेत्र पूर्वाधार विकास, आरुबारी कृष्ण मन्दिर निर्माणलगायत नीति तथा कार्यक्रम उल्लेख छ।







यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनमा किबोर्ड र माउस कसरी प्रयोग गर्ने ?

स्मार्टफोनमा किबोर्ड र माउस कसरी प्रयोग गर्ने ?

बाहिरी किबोर्ड र माउसहरू जोडेर तपाईंले आफ्नो एन्ड्रोइड स्मार्टफोन र ट्याब्लेटलाई कम्प्युटर जसरी नै प्रयोग गर्न सक्नुहुनेछ । ...

मलेसिया शैक्षिक मेला बिहीबारदेखि

मलेसिया शैक्षिक मेला बिहीबारदेखि

स्टडी प्लसले मलेसियन दूतावासको सहयोगमा भदौ ५ र ६ गते जमलस्थित एलो प्यागोडा होटलमा मलेसिया शैक्षिक मेलाको आयोजना गर्दै छ...

पुँजीबजारमा झिनो सुधार
क्रेता–विक्रेताबीच मूल्यमा रस्साकस्सी

पुँजीबजारमा झिनो सुधार क्रेता–विक्रेताबीच मूल्यमा रस्साकस्सी

पुँजीबजारमा बुधबार झिनो बिन्दुको सुधार देखिएको छ । यस दिन नेप्से ०.४२ बिन्दुले बढेर १२१४.०५ बिन्दुमा पुगेको छ । ...

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच सम्झौता

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच सम्झौता

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच डिबेन्चर निष्कासन सम्बन्धी सम्झौता भएको छ । ...

कुमारी बैंक र ललितपुर वाणिज्य संघको पदयात्रा कार्यक्रम

कुमारी बैंक र ललितपुर वाणिज्य संघको पदयात्रा कार्यक्रम

कुमारी बैंकले नेपाल पर्यटन वर्ष २०२० लाई सफल पार्न निजी क्षेत्रको पूर्वतयारीको रूपमा ललितपुरमा रहेका नयाँ पर्यटकीय गन्तव्यको पहिचान एवं...

एभरेस्ट बैंक र एन प्याब्सनबीच साझेदारी

एभरेस्ट बैंक र एन प्याब्सनबीच साझेदारी

एभरेस्ट बैंक (इबिएल)ले नेसनल प्राइभेट एन्ड बोर्डिङ स्कुल एसोसिएसन नेपाल (एन प्याब्सन)सँग सम्बन्ध विस्तार गर्दै इबिएलका सेवा नेसनल प्याब्सनका सदस्य...

प्रभुको एक्सटेन्सन काउन्टर विस्तार

प्रभुको एक्सटेन्सन काउन्टर विस्तार

प्रभु बैंकले झापाको दमक नगरपालिकास्थित मालपोत कार्यालय र इलाम मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

पशुपति पेन्ट्सको रंगोत्सव योजना

पशुपति पेन्ट्सको रंगोत्सव योजना

पशुपति पेन्ट्सले ‘महापर्वको रंगोत्सव’ योजना पुनः ल्याएको छ । ...

Ncell Footer Ad