७ वैशाख २०८१ शुक्रबार
समाज

लखन्देहीले बगायो तटबन्ध

सर्लाही - लालबन्दी नगरपालिकामा भर्खरै निर्माण सम्पन्न भएको तटबन्ध लखन्देही खोलाले बगाएको छ। राष्ट्रपति चुरे तराई संरक्षण कार्यक्रमअन्तर्गत १ करोड ४ लाख रुपैयाँ लागतमा लालबन्दी–११ मा बनाइएको नौ सय मिटर सो तटबन्धको आधाजति भाग बगेको छ। हीरापुर गाउँतर्फ सोझिएको खोलालाई रोक्न तटबन्ध बनाइएको थियो।

खोलाको बेग रोक्न तारजालीमा ढुंगा भरेर ‘रिटेनिङ वाल’ नहाली बालुवा मात्र थुपारेर तटबन्ध बनाइएकाले लाखाैंको क्षति भएको स्थानीयले बताएका छन्। लाइन्स क्लब अफ लालबन्दी सिटीका उपाध्यक्ष राजकुमार न्यौपानेले हतारहतारमा गुणस्तरहीन काम गर्दा खोलाले तटबन्ध बगाएको दाबी गरे। ‘खोला रोक्न बनाइएको तटबन्ध प्राविधिक हिसाबले सुरक्षित बनाउनुपथ्र्यो,’ न्यौपानले भने, ‘इन्जिनियरले कामचलाउ नक्सा डिजाइन गर्दा ठूलो क्षति पुगेको छ, जसले गर्दा लाखौं बजेट खोलामा बगाइएको छ।’

लालबन्दी–११ का वडाध्यक्ष दीपक लामाका अनुसार महादेव निर्माण सेवा बरहथवा नामक ठेकेदार कम्पनीले गत वैशाखमा तटबन्ध निर्माण गरेको हो। लालबन्दी नगरपालिकाका इन्जिनियर रोशन पण्डित ठेकेदार कम्पनीनिकट रहेको र प्रक्रिया पु¥याएर मिलेमतोमा उक्त कम्पनीमार्पmत हतारहतारमा गुणस्तरहीन काम गराउँदा क्षति बेहोर्नुपरेको सराकारवालाहरू बताउँछन्। १ करोड ४ लाख रुपैयाँ बजेट आएकोमा १ करोड १ लाखमा ठेक्कामार्फत काम गराइएको लालबन्दी नगरपालिकाका इन्जिनियर पण्डितले बताए। ‘स्थानीयलगायत सरोकारवाला सबैबाट बजेटभन्दा निकै बढीको काम गराउन दबाब हुन्छ,’ उनले भने, ‘जसले गर्दा काम अलि कमजोर हुने गरेको छ।’ तटबन्ध बनाउने ठेकेदार कम्पनीसँग आफ्नो कुनै संलग्नता नरहेको उनको भनाइ छ।

वडाध्यक्ष लामाका अनुसारमात्र राखिएको ठाउँमा क्षति पुगेको तर तारजालीमा ढुंगा भरेर वाल हालिएको ठाउँमा केही नभएको सुनाए। नगरपालिकाका मेयर मानबहादुर खड्काले थोरै बजेटमा धेरै काम गराउन खोज्दा खोलाले तटबन्ध बगाएको जानकारी दिए। ‘इस्टिमेटभन्दा केही बढी काम गराएका थियौं,’ उनले भने, ‘त्यसैले काम कमजोर हुन पुग्यो र खोलाबाट क्षति भयो।’ यस वर्ष २०५० सालभन्दा ठूलो बाढी आएको र नयाँ–नयाँ तटबन्ध भएकाले बगाएको मेयर खड्काको दाबी छ।

प्रदेश सांसद बेची लुंगेली बजेट कम भए पनि बढी काम गराउन खोज्ने प्रवृत्तिले योजनाहरूमा क्षति पुग्ने गरेको बताइन्। बजेटअनुसार ठोस कामभन्दा पनि बढाएर काम गराउने परिपाटीले विकास निर्माणका कार्यहरू कमजोर हुने गरेको उनको धारणा छ। लखन्देहीको तटबन्ध पनि बढी काम गराउन खोज्दा गुणस्तरहीन बन्न पुगेको र खोलाले बगाएको सांसद लुंगेलीको भनाइ छ।

प्रकाशित: ११ श्रावण २०७६ ०१:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App