coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

महाधिवेशन प्रतिनिधि विष्टलाई कारवाही

डडेल्धुरा– नेपाल महिला संघ केन्द्रीय कार्यसमितिले महिला संघ डडेल्धुराकी महाधिवेशन प्रतिनिधि कमला विष्टलाई तीन वर्षका लागि साधारण सदस्यबाट निष्कासन गरेको छ। शुक्रबार संघको केन्द्रीय  कार्यसमितिले विष्टलाई निष्कासित गरेको जनाएको हो। केन्द्रीय अध्यक्ष उमा रेग्मीद्वारा जारी विज्ञप्तिमा बिष्टलाई अनुशासनको कारवाही गरिएको उल्लेख छ।

‘नेपाल महिला संघको तेस्रो जिल्ला अधिवेशन नभएको जानकारी नै छ। अधिवेशन हुन नसकेको जिल्लामा पुरानै अध्यक्ष मनकुमारी थापा नेपाल महिला संघको विधान अनुरुप कायम नै रहने प्रवधान रहेको छ। तपाई बीचमा कसरी नेपाल महिला संघ डडेल्धुरा जिल्ला अध्यक्ष हुनु भयो र तपाई अध्यक्ष बन्नका लागि केन्द्रको प्रतिनिधि गएको थियो’, विज्ञप्तिमा भनिएको छ, ‘तपाई स्वघोषित अवैधानिक अध्यक्ष बनेर जिल्लामा नेपाल महिला संघमा विवाद सिर्जना भयो? त्यसमा सत्य तथ्य बुझ्न केन्द्रबाट प्रतिनिधि समेत खटाइयो? प्रतिनिधिको प्रतिवेदन अनरुप त्यस जिल्लामा आगामी चौथो जिल्ला अधिवेदन हुन नसक्ने ठहर गरि चौथो जिल्ला अधिवेशन सम्पन्न गराउन नेपाल महिला संघको विधान अनरुप कलावति बोहरालाई केन्द्रबाट तोकी पठाएकोमा तपाई यहि श्रावण सात गते कलावती बोहरा लगायतका नेपाल महिला संघका साथीहरु माथि बर्बर आक्रमण समेत गर्न लगाएको र नेपाल महिला संघको विधानको परिच्छेद ६ को दफा २५(३) अनुसार तपाईलाई अनुशासनको कारवाही गरिएको छ।’

तत्कालिन अध्यक्ष डिला संग्रौलाले अधिवेशन गर्न नसकेको अध्यक्ष रेग्मीले बताएकी छिन्। २०७३ सालमा डा. आरजु देउवा राणालाई प्रतिनिधी खटाइएको बारे आफूलाई कुनै जानकारी नभएको बताउँदै रेग्मीले डडेल्धराजस्तै अन्य ८ जिल्लामा पनि दुई अध्यक्षको विवाद रहेको र अहिले अधिवेशन गरी विवाद साम्य पारिएको स्पष्ट पारेकी छिन्। 

तीन बर्ष पहिले आरजुको आतिथ्यमा डडेल्धुरामा महिला संघको अधिवेशनको उद्घाटन सत्र गरिए पनि अध्यक्ष चयन गर्न सकेको थिएन। जिल्ला कार्य समितिको निर्णयबाट अध्यक्ष चयन गर्न भनिएको जिल्ला कार्य समिति डडेल्धुराले बताए पनि विधान अनुरुप त्यसो नभएको अध्यक्ष रेग्मीको भनाई छ। 

यता विष्टले आफू महिला संघ डडेल्धुराको अध्यक्ष भएको दाबी गर्दै आएकी थिइन्। 

प्रकाशित: १० श्रावण २०७६ १५:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App