निर्मलालाई न्याय नदिएको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन

शुक्रबार, १० साउन २०७६, १९ : १२ नागरिक

खोटाङ– कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको वर्ष दिन पुग्दा समेत सरकारले दोषीलाई पहिचान गरेर कारबाहीको दायरामा ल्याउन नसकेको भन्दै नेपाल बिद्यार्थी संघले खोटाङमा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन गरेको छ। 

निर्मलाको बलात्कारपछि हत्या भएको ठिक वर्ष दिन पुग्दासमेत पीडितलाई न्याय दिलाउन नसकेको भन्दै नेबिसंघले शुक्रबार साँझ दिक्तेलमा प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापाको पुत्ला दहन गरेको हो। वर्तमान सरकारले बलात्कारी र फटाहालाई कारबाही गर्नुको सट्टा संरक्षण गरेको वर्ष दिन पुगेकाले पुत्ला दहन गर्नुपरेको नेबिसंघका सभापति राजकुमार बस्नेतले बताए। ‘सरकारले दोषीलाई, फटाहालाई, बलात्कारीलाई कारबाही नगरेर संरक्षण गरेको आज एक वर्ष पुगेको छ। यसका बिरुद्ध हामीले देशभर आन्दोलन गर्यौं,’ सभापति बस्नेतले भने, ‘आन्दोलनकै मैदानबाट हामीले भन्यौं सरकार निर्मला पन्तलाई न्याय देउ। तर प्रधानमनत्री पीडा नबुझी शासनसत्ता टिकाउनमा मात्र लाग्नु भयो। आम नागरिकका छोरीमाथि बलात्कारका घटना घटिरहेका छन्।’ 

गृहमन्त्री बादलले ‘निर्मलाको जस्तो हत्या हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहन्छ’ भनेर गैर–जिम्मेवार अभिव्यक्ती दिएको भन्दै नेबिसंघले बिरोध जनायो। ‘गृहमन्त्रीले शान्ति सुरक्षा कायम गर्नुपर्ने दिनमा निर्मलाको जस्तो हत्या हिजो पनि थियो, आज पनि छ र भोली पनि रहन्छ भनेर भन्नुभयो,’ सभापति बस्नेतले भने, ‘गृहमन्त्रीले शान्ति सुरक्षा कायम गर्नुपर्ने दिनमा यो अभिव्यक्ती कतिसम्म निसन्देह हो, कतिसम्म गैरजिम्मेवारपन हो?’ 

निर्मलाको न्यायका लागि लडेकालाई गोली हानिएको र कतिपयलाई घाइते बनाइएको भन्दै नेबिसंघले सरकारको आलोचना गरेको छ। कांग्रेस पार्टी कार्यालयबाट सरकार बिरुद्ध नारा जुलुस गर्दै बेसक्याम्प पुगेको नेबिसंघले पुत्ला दहनपछि पनि चर्का नाराबाजी लगाएको थियो। निर्मलाको हत्यारालाई पत्ता लगाएर कारबाहीको दायरामा नल्याए थप आन्दोलन गर्ने नेबिसंघले जनाएको छ।








यसमा तपाईको मत

अन्य समाचार

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकको प्रविधि र रे-ब्यान चस्मा निर्माण गर्ने कम्पनी लक्सोटिक्काको डिजाइनबाट स्मार्टफोनलाई नै प्रतिस्थापन गर्ने स्मार्ट अग्मेन्टेड रियालिटी चस्मा निर्माण गर्ने...

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

एचपीले २४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप निर्माण गरेको दाबी गरेको छ ! ...

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने...

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । ...

बागलुङ मालपोतमा प्रभुको काउन्टर

बागलुङ मालपोतमा प्रभुको काउन्टर

प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । ...

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । ...

एनआइबिएल–रेडक्रस सहमति

एनआइबिएल–रेडक्रस सहमति

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर...

Ncell Footer Ad