७ वैशाख २०८१ शुक्रबार
समाज

नागरिककर्मी रौनियारलाई यस वर्षको शिक्षा पत्रकारिता पुरस्कार

काठमाडौं– ‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७५’ नागरिक दैनिक काठमाडौंमा कार्यरत पत्रकार रुबी रौनियारलाई प्रदान गरिने भएको छ। नेपाल पत्रकार महासंघ र शिक्षा मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा संयुक्तरुपमा प्रदान गरिने रु. ५१ हजार राशीको पुरस्कार रौनियारलाई प्रदान गर्ने निर्णय गरेको हो। 

सात प्रदेश र उपत्यकालाई १ प्रदेश मानी ८ प्रदेशबाट १/१ जनालाई प्रदान गरिने रु २० हजार राशीको ‘प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार–२०७५’ प्रदेश नं १ बाट सुजन तिम्सिना (इलाम), २ बाट सन्तोष सिंह (जनकपुर), ३ बाट सरिता श्रेष्ठ (धादिङ), गण्डकी प्रदेशबाट कमल खत्री (म्याग्दी), प्रदेश ५ बाट प्रेमनारायण आचार्य (अर्घाखाँची), कर्णाली प्रदेशबाट गोविन्द केसी (दैलेख), सुदूरपश्चिम प्रदेशबाट मोहन विष्ट (कञ्चनपुर) र उपत्यकाबाट लक्ष्मी पौडेल (काठमाडौं)लाई प्रदान गर्ने निर्णय गरिएको छ। 

यसैगरी ७ प्रदेश र उपत्यकालाई १ प्रदेश मानी ८ प्रदेशबाट २÷२ जनालाई प्रदान गरिने रु १५ हजार राशीको प्रादेशिक शिक्षा पत्रकारिता प्रोत्साहन पुरस्कारबाट प्रदेश नं. १ बाट रोहित राई (सुनसरी) र सुशीला पाठक (मोरङ), प्रदेश नं. २ बाट बृजलाल प्रसाद पासवान (पर्सा) र सुनिल ठाकुर (सर्लाही), प्रदेश नं. ३ बाट शरद अधिकारी (काठमाडौं) र सविता श्रेष्ठ (चितवन), गण्डकी प्रदेशबाट रोशन तिवारी (पर्वत) र शान्ता कमली (लमजुङ ), प्रदेश नं. ५ बाट विकास बन्जाडे (कपिलवस्तु) र भगवती पाण्डे (रुपन्देही), कर्णाली प्रदेशबाट विष्णुप्रसाद न्यौपाने (कालीकोट) र हरि गौतम (रुकुम), सुदूरपश्चिम प्रदेशबाट शैलेन्द्र रोकाय (बझाङ ) र भूमिराज जोशी (बझाड) तथा उपत्यकाबाट राजन रुचाल (ललितपुर) र प्रशान्त वली (काठमाडौं)लाई पुरस्कृत गर्ने निर्णय गरिएको छ।

त्यसैगरी संस्थागतमा एफएमतर्फ २० हजार राशीको शिक्षा पत्रकारिता पुरस्कार प्रदेश नं. १ बाट तमोर एफएम (ताप्लेजुङ), प्रदेश नं. २ बाट रेडियो अपन मिथिला (महोत्तरी), प्रदेश नं. ३ बाट रेडियो सन्देश (मकवानपुर), गण्डकी प्रदेशबाट ह्याप्पी एफएम (नवलपुर), प्रदेश नं. ५ बाट रेडियो मदनपोखरा (पाल्पा), कर्णाली प्रदेशबाट रेडियो शारदा (सल्यान), सुदूरपश्चिमबाट रेडियो जनप्रिय (अछाम) र उपत्यकाबाट क्यापिटल एफएम (काठमाडौं)लाई पुरस्कृत गर्ने निर्णय गरिएको छ। 

संस्थागततर्फ नै छापाबाट शिक्षालय मासिक (ललितपुर), अनलाइनबाट सेतोपाटी डटकम र टेलिभिजनबाट जनता टिभीलाई २५ हजार राशीको शिक्षा पत्रकारिता पुरस्कार २०७५ प्रदान गर्ने निर्णय गरिएको छ।

पुरस्कार साउन १४ गते काठमाडौंमा एक समारोहकाबीच वितरण गर्ने कार्यक्रम तय भएको पत्रकार महासंघका महासचिव रमेश विष्टले जानकारी दिएका छन्। 

प्रकाशित: १० श्रावण २०७६ १२:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App