७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘सरकारले छलफलनै नगरी पेल्ने ढंगले विधेयक ल्याउँछ’

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगका सदस्य प्रकाश वस्तीले मानवअधिकारसम्बन्धी विधेयकहरू ल्याउँदा सरकारले आयोगलाई जानकारीनै नदिने गरेको बताएका छन्।

आयोगले शुक्रबार ललितपुरको हरिहरभवनस्थित आफ्नै कार्यालयमा गरेको कार्यक्रममा वस्तीले सरोकारवालाहरूसँगको छलफल र परामर्शपछि मात्रै विधेयक ल्याउनुपर्नेमा मानवअधिकारसम्बन्धी विधेयकको बारेमा सरकारले आयोगसँग छलफल नगरेको बताएका हुन्। सरोकारवालासँग छलफलबिना विधेयक ल्याउने काम भएकाले पछिल्लो समय धेरै विधेयकहरू विवादास्पद हुने गरेको उनले दाबी गरे।

सरोकारवालाहरूसँगको छलफल, परामर्श तथा पर्याप्त गृहकार्यबिनै पेल्ने ढंगले सरकारले विधेयक ल्याउने गरेको महसुस आयोगले गरेको उनको भनाइ छ।

वातावरण प्रदूषण र मानवअधिकार अध्ययन प्रतिवेदन सार्वजनिक तथा वातावरण संरक्षण विधेयक २०७५ माथिको छलफल कार्यक्रममा आयोगका अर्का सदस्य सुदीप पाठकले वातावरणले मानव अधिकारमा पारेको असरका सम्बन्धमा एकीकृत अध्ययन हुन नसकेको बताए। उनले वातावरण, विकास र मानवअधिकारको विषयलाई सँगसँगै लैजान र अनुगमनलाई सशक्त र प्रभावकारी बनाउन सरकारलाई सुझाव दिए।

प्रकाशित: १० श्रावण २०७६ १२:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App