coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

अप्ठ्यारो,जोखिम र चुनौतीपूर्ण जिम्मेवारी दिन नेतृत्वलाई योगेशको चुनौती

ताप्लेजुङ– नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले सबैभन्दा अप्ठ्यारो,जोखिम र चुनौतीपूर्ण जिम्मेवारी दिएर आफ्नो परीक्षा लिन पार्टी अध्यक्षद्वयलाई चुनौती दिएका छन्।

पार्टीगत जिम्मेवारी बाँडफाँडबारे शुक्रवार अपरान्ह सामाजिक सञ्जाल फेसबुक पेजमा आफ्नो धारणा सार्वजनिक गर्दै नेता भट्टराईले अप्ठ्यारो,जोखिम र चुनौतिपूर्ण जिम्मेवारी दिएर त्यसका आधारमा आफ्नो सांगठनिक परीक्षा लिन प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चुनौती दिएका हुन्।

पार्टीको कुनैपनि जिम्मेवारी सानो वा ठूलो नहुनेतर्फ सचेत पार्दै उनले जिम्मेवारी व्यक्तिको क्षमता,योग्यता र उसको रुचीका आधारमा हुनुपर्ने दोहोर्याएका छन्। उनले निर्णय र मापदण्ड पारदर्शी बनाउन समेत नेतृत्वको ध्यानाकर्षण गरेका छन्।

पार्टी कामको जिम्मेवारीको टुङ्गो लागिनसकेको र आफ्नो जिम्मेवारीका बारेमा पनि नेतृत्वबाट औपचारिक जानकारीको सूचना प्राप्त नभएको भट्टराईले बताएका छन्।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App