coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

भिमाद रंगशालामा बन्यो प्यारापिट

दुलेगौँडा(तनहुँ)– जिल्लाको भिमाद रंगशालामा प्यारापिट निर्माण गरिएको छ। राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुँदै आएको रंगशालामा अब दर्शकले प्यारापिटमा बसेर खेल हेर्न पाउने भएका छन्। तीन हजार क्षमताको प्यारापिट निर्माण गरिएको हो।
रंगशालाको पश्चिमतर्फ ७५ मिटर लामो प्यारापिट निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष उज्वल खनालले बताए। ‘नौ स्टेपको प्यारापिट तीन हजार क्षमताको प्यारपिट बनेको छ। त्यसमाथी अझ केही स्टेप थप्न मिल्छ’, उनले भने।
५२ लाख ८४ हजार रुपैयाँ लागतमा निर्माण गरिएको खनालले जानकारी दिए। ४६ लाख ८० हजार रुपैयाँ भिमाद नगरपालिकाले गत आर्थिक बर्षको बजेटमा पुर्वाधार बिकास कार्यक्रम अन्र्तगत विनियोजन गरेको थियो भने ६ लाख ४ हजार रुपैयाँ स्थानीयले साझेदारी गरेका हुन्।
१५ हजार दर्शक क्षमताको प्यारापिट निर्माण गर्ने भिमाद नगरपालिकाले जनाएको छ। रंगशालाको पश्चिम र दक्षिण क्षेत्रमा खाली ठाउँ भएकाले प्यारापिट बनाउन सकिन्छ। उत्तर र पूर्वतर्फ घरका कारण प्यारापिट बनाउन मिल्दैन्।

नगरप्रमुख मेखबहादुर थापाले चालु बर्षमा पनि प्यारापिट निर्माण र रंगशालालाई व्यवस्थित गराउने कार्यलाई निरन्तरता दिने बताए। उनले भने, ‘प्रदेशस्तरिय रंगशाला बनाउने लक्ष्य हामीले लिएका छौँ।’ नगर एक्लैले लगानी गर्न सक्ने नभएका कारण प्रदेश र केन्द्र सरकारसंग बजेट  मागेकोमा दुवै सरकारले चालु बर्षमा विनियोजन गरिदिएको उनले जानकारी दिए।  
थापाका अनुसार केन्द्र सरकारले २५ लाख र प्रदेश सरकारले २५ लाख रुपैयाँ भिमाद रंगशालालाई विनियोजन गरेका छन्। ‘हामीले नगरबाट ५१ लाख रुपैयाँ छुट्याएका छौँ’, उनले भने। तीन तहका सरकारबाट विनियोजित बजेटले प्यारपिट थप गर्ने, प्यारपिटमाथी छानो हाल्ने, इन्डोर खेलका लागी कभर्डहल निर्माण, अपांगमैत्री शौचालय, स्वागतद्धारा निर्माण गर्ने योजना रहेको छ। ‘बजार क्षेत्रको नाली रंगशालाबाट बगेको छ। यसलाई पनि व्यवस्थित पार्छौ’, मेयर थापाले भने।
रंगशालामा गत बर्ष नै शौचालय र कभर्डहल निर्माण गर्ने लक्ष्य थियो। शौचालय निर्माणमा विनियोजित रकम काम नहुँदा फ्रिज भएको छ। ‘शौचालय बनाउन टेन्डर आव्हान पनि गरिएको होे। समय कम हुदाँ काम हुन सकेन्’, उनले भने, ‘बजेट फ्रिज भएर गयो।’
अबको दुई बर्षभित्रमा प्रदेशस्तरीय रंगशाला तयार पार्ने उनले बताए। ‘इन्डोर र आउटडोर खेल सञ्चालन गर्न मिल्ने गरी तयारी पार्छौँ’, मेयर थापाले दाबी गरे।
भिमाद बजार र जिदी खोलाको बिचमा अवस्थित रंगशाला करिब २० रोपनीमा क्षेत्रफलमा फैलिएको छ। रंगशालाको युवा क्लब भिमादले संरक्षण गर्दै आइरहेको छ। रंगशालासहित  ६५ रोपनी जग्गा क्लबको मातहतमा रहेको छ।
भिमाद रंगशालामा निर्माण गरिएको तीन हजार क्षमताको प्यारापिट । तस्बिर ः विनोद÷नागरिक

प्रकाशित: १० श्रावण २०७६ १०:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App