काठमाडौं। राजधानीको दरबारमार्गमा १० करोड लगानीमा नयाँ लाउन्ज क्लब ‘म्यागनम’ खुलेको छ। म्यागनम शुक्रबारदेखि औपचारिक रुपमा सञ्चालनमा आउँदै छ। उद्घाटन समारोहमा कुटुम्ब ब्यान्डले प्रस्तुति दिने आयोजकले जनाएको छ।
लोक शास्त्रीय संगीतमा ख्याती कमाएको कुटुम्बले ‘सय थरी बाजा’, ‘सान्नानी’, ‘असारे महिनामा’, ‘झम्के फुली’ लगायत आफ्नो एल्बमका लोकप्रिय गीतहरु कार्यक्रममा प्रस्तुत गर्ने बताइएको छ।
उद्घाटन कार्यक्रम साँझको ७ बजेबाट सुरु हुनेछ। कार्यक्रममा डिजे सेसन पनि राखिएको छ। सहभागीलाई नचाउन डिजे निधान, डिजे निहान र डिजे अस्मी आउनेछन्।
म्यागनमलाई युवा व्यवसायी अनिशसिंह ठकुरी, कलाकार किशोर खड्का र मोडल भाष्कर बानियाँले १० कराेड संयुक्त लगानीमा खोलेका हुन्।
प्रकाशित: १० श्रावण २०७६ ०९:३३ शुक्रबार