८ वैशाख २०८१ शनिबार
राजनीति

सडक सुरक्षा र लागू औषध नियन्त्रणमा प्रहरीको अभियान, आइजिपीले भनेः साथ दिनुस्

काठमाडौं– प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले सडक सुरक्षा र लागू औषध नियन्त्रणका लागि नेपाल प्रहरी क्रियाशील रहेको दाबी गरेका छन्। 

प्रहरी महानिरीक्षक खनालले लागू औषधको पूर्ण नियन्त्रणका लागि सबै प्रदेशमा छिट्टै परामर्श केन्द्रको पनि व्यवस्था गर्ने घोषणा गरे। उनले सडक सुरक्षा र लागू औषध नियन्त्रण गर्ने नेपाल प्रहरीको अभियानमा साथ पनि नागरिक समाजका अगुवाहरुलाई आग्रह गरे। लागू औषधको दुव्र्यसनीका कारण पनि सडक दुर्घटना बढिरहेको उल्लेख गर्दै आइजिपी खनालले त्यसलाई त्रियन्त्रण गर्न प्रभावकारी कदम चाल्न पनि प्रहरीहरुलाई निर्देशन दिए। 

शुक्रबार काठमाडौंमा आयोजित ‘सडक सुरक्षा र लागू औषध नियन्त्रण’ सम्बन्धी अन्तरक्रियामा बोल्दै उनले लागू औषधको सेवनबाट हुने सडक दुर्घटना न्यूनिकरण गर्न पनि नेपाल प्रहरीले गृह मन्त्रालयको सहकार्यमा सबै प्रदेशमा सो सम्बन्धि २÷२ वटा परामर्श केन्द्र स्थापना गर्ने तयारी गरेको जानकारी गराए। 

प्रहरी महानिरीक्षक खनालले मादक पदार्थ सेवनका कारण हुने सडक दुर्घटना भने न्यूनिकरण हुँदै गएको पनि जानकारी दिए। उनले सडक दुर्घटनाको अर्काे कारणको रुपमा रहेको लागू पदार्थ सेवनलाई नियन्त्रण गर्न लागि पर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

प्रकाशित: १० श्रावण २०७६ ०९:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App