coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सरकारले लगानीकाे वातावरण बनाउन सकेनः पूर्वअर्थमन्त्रीहरू

काठमाडौं– पूर्वअर्थमन्त्रीहरूले सरकारले दिगो विकास लक्ष्य हासिल हुने गरी आर्थिक विकास गर्न आवश्यक तयारी गर्न नसकेको निष्कर्ष निकालेका छन्।

पूर्वअर्थमन्त्रीहरू समाजवादी पार्टी, नेपाल संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, कांग्रेस नेता डा. रामशरण महत र नेकपाका नेता सुरेन्द्र पाण्डेले दिगो विकास लक्ष्य हासिल हुने गरी आर्थिक विकास गर्न सरकारले आवश्यक तयारी गर्न नसकेको निष्कर्ष निकालेका हुन्।

शुक्रबार काठमाडौंमा ‘नेपाल इकोनोमिक आउट लुक’ सार्वजनिक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले सरकारले मुलुकको दिगो आर्थिक विकासका लागि दोहोरो अंकको आर्थिक विकास हुने गरी लगानीको व्यवस्था गर्न समेत आवश्यक तयारी गर्न नसकेको स्पष्ट पारे। उनले आर्थिक विकासलाई सरकारले मूल अजेन्डा बनाए पनि त्यसका लागि आवश्यक लगानीको वातावरण बनाउन नसकेको दाबी पनि गरे।

आन्तरिक तथा बाह्य लगानीको व्यवस्था र पूर्वाधार विकासमा जोड दिएर मात्रै नेपालका दिगो विकास लक्ष्य हासिल हुने गरी आर्थिक विकास हुन सक्ने पूर्वअर्थमन्त्री भट्टराईको दाबी छ।

पूर्वअर्थमन्त्री डा. महतले सरकारले दिगो विकास लक्ष्य हासिल हुने गरी मुलुकको आर्थिक विकास गर्न आवश्यक योजनासमेत तय गर्न नसकेको बताए। उनले मुलुकको दिगो आर्थिक विकासका लागि संस्थागत क्षमता अभिवृद्धिमा सरकारले जोड दिनुपर्ने आवश्यकता पनि औंल्याए।

पूर्वअर्थमन्त्री पाण्डेले राजनीति सुधार नभएका कारण मुलुकमा दिगो विकास लक्ष्य हासिल हुने गरी आर्थिक विकास हुन नसकेको दाबी गरे। उनले राजनीतिक, प्रशासनिक र शैक्षिक क्षेत्रको सुधार गरेर मात्रै मुलुकमा दिगो विकास लक्ष्य हासिल हुने गरी आर्थिक विकास गर्न सकिने पनि स्पष्ट पारे।

पूर्वअर्थमन्त्री पाण्डेले दिगो आर्थिक विकासका लागि धेरै योजना तय गर्ने भन्दा पनि थोरै योजना तय गरेर त्यसलाई सम्पन्न गर्दै अघि बढ्न पनि सरकारलाई सुझाव दिए।

प्रकाशित: १० श्रावण २०७६ ०८:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App