coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बस र ट्रक ठोक्किँदा १५ घाइते

मुग्लिन– चितवनमा सवारी दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

वीरगञ्जबाट धादिङ जाँदै गरेको ना८ख ६०५८ नम्बरकाे यात्रुवाहक बस र काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको ना६ख २८९५ नम्बरकाे मालवाहक ट्रक आज बिहान ८ः४० बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४, लेवाटारमा एकआपसमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

घाइतेको उपचारका लागि भरतपुर लगिएको छ । दुर्घटनापछि अवरुद्ध भएको सडक बिहान १० बजेदेखि एकतर्फी सञ्चालनमा आएको छ । ट्रक चालक फरार रहेको प्रहरीले जनाएको छ । अहिले दुर्घटनामा परेका ट्रक र बसलाई सडकबाट हटाई दुईतर्फी सवारी सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित: १० श्रावण २०७६ ०७:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App