coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पूर्वमन्त्री सिंहको निधन

लहान– पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको आज बिहान निधन भएको छ। सप्तरीको राजविराज नगरपालिका निवासी उनकाे आज बिहान ६ बजे आफ्नै निवासमा निधन भएको हो।

१९८९ असोजमा जन्मिएका उनी उच्च रक्तचापबाट पीडित थिए। ८७ वर्षीय सिंह विसं २०१९ देखि २०४६ सम्म पटक–पटक सूचना तथा सञ्चार, भौतिक योजना तथा यातायात र उद्योग तथा वाणिज्यमन्त्रीको कार्यभार सम्हालेकाे उनका छोरा सुमनप्रसाद सिंहले जानकारी दिए।

मुलुकमा प्रजातन्त्र स्थापना भएपछि पूर्वमन्त्री सिंहले सक्रिय राजनीति छोडेर समान्य जीवन बिताइरहेका थिए।  उनका दुई छोरा र छोरी छन्। उनको जेठा छाेरा डा. रमणप्रसाद सिंह चिकित्सक र कान्छो छोरा सुमनप्रसाद प्राध्यापक हुन्। स्व. सिंहको आजै हिन्दू परम्पराअनुसार अन्तिम संस्कार गरिने परिवारजनले बताएका छन्।

प्रकाशित: १० श्रावण २०७६ ०५:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App