८ वैशाख २०८१ शनिबार
राजनीति

‘निर्मलाले न्याय कहिले पाउँछिन् सरकार ?’

काठमाडौं– नेपाल विद्यार्थी संघले निर्मलाका लागि न्याय भन्दै शुक्रबार राजधानीमा प्रदर्शन गरेको छ। कञ्चनपुरकी निर्मला पन्तको गत वर्ष साउन १० गते बलात्कारपछि हत्या भएको थियो।

एक वर्षसम्म पनि सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै नेविसंघले शुक्रबार राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेको हो। ‘निर्मलाले न्याय कहिले पाउँछिन् सरकार’  लेखिएको प्ले कार्ड बोकेका प्रदर्शनकारीले निर्मलाका हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापाविरुद्ध नाराबाजी गरेका थिए।

निर्मला हत्याको एक वर्ष भइसक्दा पनि घटनामा संलग्न दोषी पत्ता लगाउन नसक्दा सरकारको आलोचना हुँदै आएको छ।

प्रकाशित: १० श्रावण २०७६ ०५:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App