coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

हेमन्तलाई गल्फको उपाधि

काठमाडौं–हेमन्त गुरुङले शनिबार गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा सम्पन्न तेस्रो लक्ष्मी बैंक ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । स्टेबलफोर्ड पद्दतिअनुसार ३÷४ ह्यान्डिक्यापमा खेलाइएको प्रतियोगितामा ८ ह्यान्डिक्यापका साथ खेलेका हेमन्तले ३९ स्कोर गर्दै उपाधिमा कब्जा जमाएका थिए । उनले पुरस्कारस्वरुप नगद २० हजार रुपैयाँ हात पारे । १ ह्यान्डिक्यापका साथ खेलेका वाङचेन धेन्दुप ३७ स्कोर गर्दै उपविजेता भए । उनको भागमा नगद १२ हजार रुपैयाँ प¥यो ।

यसैगरी ३५ ग्रस स्कोर गरेका टासी छिरिङले काउन्ट ब्याकमा उत्कृष्ट ग्रसको उपाधि जिते । टासी डोङसँग स्कोर बराबरी भएपछि काउन्ट ब्याक स्कोरका आधारमा उनले उपाधि जितेका थिए । ब्याक नाइनमा छिरिङले १७ ग्रस स्कोर गरेका थिए भने डोङले १५ स्कोर गरे । छिरिङले पुरस्कारस्वरुप १८ हजार रुपैयाँ पाए ।

महिलातर्फ ३३ स्कोर गरेकी प्रतिमा शेर्पाले उपाधिसहित नगद १० हजार रुपैयाँ जितिन् । त्यस्तै सुल्टिन लामाले ६० वर्षमाथिको उपाधि जित्दा ३४ स्कोर गरे । उनले ९ हजार पुरस्कार पाइन् । श्रीयोग बस्न्यातले ३७ स्कोरसाथ जुनियरको उपाधिसहित ९ हजार रुपैयाँ जिते भने पाहुना विधामा निश्चयजंग रायमाझीले ३५ स्कोर गर्दै उपाधिसहित ८ हजार रुपैयाँ जिते ।
फुन्चोक लामाले लङ्गेस्ट ड्राइभको पुरस्कार जित्न १८ औं होलमा ३ सय ५३ यार्ड ड्राइभ गरेका थिए । पाँच बर्डी प्रहार गरेका टासी डोङले सर्वाधिक बर्डीको पुरस्कार जिते भने आत्माराम सिम्खडाले क्लोजेस्ट टु दी पिनको अवार्ड हात पारे । तीनै विधाका विजेताले जनही ३ हजार रुपैयाँ पाए ।

लक्ष्मी बैंकका अध्यक्ष शम्भुप्रसाद आचार्य, प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे तथा क्याप्टेन जोसेफ नाथनले विजेतालाई पुरस्कृत गरे । प्रतियोगितामा कुल ९६ खेलाडीको सहभागिता थियो ।

 

प्रकाशित: २१ कार्तिक २०७३ ०१:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App