coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

'कर्णालीको प्राकृतिक स्रोतसँग मुलुकको समृद्धि'

काठमाडौं – वन तथा वातारण मन्त्री शक्ति बहादुर बस्नेतले कर्णालीको प्राकृतिक स्रोतलाई समृद्धिसँग जोड्नसके मात्र मुलुकको समृद्धिको लक्ष्यले सार्थकता पाउने जनाएका छन्।

कर्णाली प्रदेश समग्र मुलुकको विकासको ढोका भएको जनाउँदै उनले देशमा तीन प्रकारका सरकार भइसके पनि विकासकै लागि सिंहदरबार खोज्नुपर्ने विडम्बना रहेकोे धारणा राखे।

बिहीबार नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा कर्णाली प्रदेशको पर्यटन विकास तथा प्रवद्र्वनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले संघियताको भावनालाई सही ढंगले कार्यान्वयनसँगै नेपाल आएका पर्यटकको बसाइ लम्ब्याउने वातावरण बनाउन जोड दिए।

बिद्यमान तीनै सरकारले पर्यटकका गतिबिधि बढाउने कार्यक्रमको बिकास गर्दे कर्णालीलाई प्रर्यटनको हवको रुपमा बिकास गर्नसके देशले खोजेको समृद्वि हाँसिल गर्न टेवा पुग्नेमा जोड दिए।

कर्णालीको रारामात्र होइन अन्य धेरै गन्तव्यहरुमा कम्तीमा दुई हप्ता बस्ने किसमको पुर्वाधार निमार्णमा प्रदेश सरकारले भूमिका खेल्न आवश्यक रहेको उनको भनाई रहेको छ।

अझै पनि नेपाल भ्रमण बर्ष सुरुवात हुन केहि समय बाँकि रहेकाले नयाँ गन्तव्यको खोजीमा जोड दिने प्रकारका कार्यक्रमको कमी रहेको उनले औल्याए।

आन्तरिक पर्यटनमा जोड दिदै पूर्वाधारको विकासमा दिगो बिकासका कार्यक्रममा सरकारले जोड दिएको जनाउदै पर्यटनसंग सम्बन्धीत व्यक्ति तथा संस्थाहरुलाई तालिम तथा भूगोल सम्बन्धी जानकारीका कार्यमा जानकारी गराउन आवश्यक रहेको उनको भनाई छ।

त्यस्तै कार्यक्रममा बोल्दै पूर्व गृहमन्त्री जनार्दन शर्माले कर्णालीको सुन्दरतामा भौतिक पूर्वाधारको बिकासका काम अत्यन्त न्यून रहेको जनाउदै धार्मिक तथा वातावरणिय पर्यटनलाई जोगाउन कर्णाली कोशेढुङगा सावित हुने बताए।

कर्णालीको बिकासको लागि निर्माणहुने कर्णाली करीडोरले सम्पूर्ण कर्णालीलाई जोडन् आवश्यक रहेको बताउदै सरकार र स्थानिय सहितको सहभागीतामा निमार्णमा जोड दिनुपर्ने उनले बताए।

पर्यटन व्यवसाय र व्यवसायी नेपालको पूर्व केन्द्रीत रहेको जनाउदै उनले कर्णालीले नेपालको बिकासको ढोका खोल्नेमा दुईमत नरहेको भनाई राखे। पर्यटक लक्षित होटेल, होमस्टे र यातायातको विकासमा प्रगती गर्न सके कर्णालीमा सुन फल्ने उनको भनाई रहेको छ।

कार्यक्रममा सहभागी कर्णाली प्रदेशका सांसदहरुले सरकारको २० लाख पर्यटक भित्र्याउने लक्ष्यमा कर्णाली प्रदेशले विशेष भूमिका खेल्ने बताएका छन। कर्णालीलाई कसरी अन्तराष्ट्रिय स्थरमा चिनाउने र पर्यटनबाट स्थानिय स्थरमै कसरी रोजगारी प्रर्वद्वन गर्न सकिन्छ भन्ने बारे आफ्नो भनाई सार्वजनिक गरेका थिए।

कर्णाली प्रदेशको बिकास नहुनुमा केहि सिंह दरवारको र केहि आफुहरुको रहेको सांसदहरुले स्विकार गरेका छन। भौगोलिक, प्राकृतिक, धार्मिक तथा जैविक विविधतायुक्त कर्णालीको विकासको प्रचुर सम्भावनालाई व्यवहारमा उतार्न सबै निकायको सक्रियताको खाँचो सहभागी सांसदले जनाएका छन।

कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले पर्यटकीय सम्भावना बोकेको कर्णाली क्षेत्रको पर्यटन विकासका लागि स्थानिय निकायले समन्वयात्मक रुपमा काम गर्न आवश्यक रहको औल्याए।

कर्णाली प्रदेशको पर्यटनका लागि गन्तव्यको एकीकृत प्रवद्र्धन, पूर्वाधार विकासका लागि योजनाबद्ध कार्यक्रमको बिकासमा जोड आवश्यक रहेको उनको भनाई छ।

प्रकाशित: १० श्रावण २०७६ ०४:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App