अस्पतालको लापरवाहीले सुत्केरीको ज्यान गएको भन्दै सडक अवरुद्ध

शुक्रबार, १० साउन २०७६, ०९ : ३५ भगवती लामा

नुवाकोट - जिल्ला अस्पताल त्रिशुलीको लापरवाहीको कारण सुत्केरीको ज्यान गएको भएको भन्दै आफन्त तथा स्थानीयहरुले गल्छी त्रिशुली सडक खण्डको महादेवफाँटमा यातायात अवरुद्ध गरेका छन्। तार्केश्वर गाउँपालिका –५ (हाल बेलकोटगढी नगरपालिका–७ महादेवफाँट) की गोमा वस्तीको सुत्केरी पश्चात अत्याधिक रक्तश्रावको कारण ज्यान गएको थियो।

बुधबार अस्पताल भर्ना भएकी वस्तीले बिहिवार बिहान सामान्य रुपमा छोराको जन्म दिएकी थिइन्। नवजात शिशुको श्वासप्रश्वासमा समस्या आए पछि कान्ती बाल अस्पताल काठमाडौँ पठाइएको थियो। आमाको अवस्था सामान्य भएकोले जिल्ला अस्पतालमा राखिएको थियो। सुत्केरी अत्याधिक  रक्तश्रावसँगै अर्धचेत अवस्थामा हुँदा समेत अस्पतालले हेलचेक्राई गरेको भन्दै आफन्तहरु आक्रोशित भएका छन्। सडकमा मुडा राख्नुको साथै टायर बालेर पूर्ण रुपमा सडक अवरुद्धको अस्पताल विरुद्ध नाराबाजी गरिरहेको स्थानीय प्रेम लामिछानेले बताए।

जिल्ला प्रहरी कार्यालयमा मृतक वस्तीको आफन्त र अस्पताल प्रशासन बिच वार्ता भइरहेको छ। वार्ताबाट मृतकको पक्षमा उठाइएको माग पुरा नभए सम्म सडक अवरुद्ध गरिने स्थानीय लामिछानेले बताए।  लापरवाहीको कारण भन्दा पनि जिल्ला अस्पतालमा उपचारको लागि  आवश्यक उपकरण नहुँदा सुत्केरीको मृत्यु भएको डाक्टर मधुकरले बताए। जिल्ला अस्पतालमा उपचार हुन नसकी उनलाई हेलिकप्टर मार्फत शिक्षण अस्पताल काठमाडौँ लगिएको थियो। अस्पताल श्रोतले उनको मृत्यु भइसकेको जानकारी गराएको परिवारका सदस्यले बताए।

 








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad