चक्रव्यूहमा परेको देश

शुक्रबार, १० साउन २०७६, ०९ : ०६ युवराज गौतम

चलचित्रका नायक निखिल उप्रेतीसँग भेट भयो केही दिनअघि। पुस्तक किन्न आएका थिए– डिल्लीबजारस्थित हिमालयन बुक स्टोरमा। बौद्धिक छलफल चल्यो केहीबेर। ‘दलहरूले नेपालीलाई आज राष्ट्रियता र मानवताबाट समेत विमुख गराइरहेका छन्’ भन्ने उनको तर्क चित्त बुझ्यो। नायिक सञ्चिता लुइँटेल चाख मानेर सुनिरहेकी थिइन्। विभिन्न पुस्तकका प्रकाशक तथा पसलका मालिक अनिल गौतम (हिमाल) बेलाबखत प्रतिक्रिया जनाइरहेका थिए।

साहस, ज्ञान, धैर्य, लगन, ऊर्जा र देशभक्तिले कहिले ‘भैरव’ झैँ क्रुद्ध त कहिले शान्त देखिने निखिल लाखौँ नेपाली युवाबीच प्रिय छन्। उनी र उनीजस्तै चेतनशील तथा सक्रिय युवा वर्ग एकैदिन सडकमा आए भने ठूलो भूकम्प ल्याउन सक्छन्। त्यसैले लाखौँ युवाले विद्रोह गर्दा ‘ठूला दल’ वा ‘ठूला मान्छे’ रसातलमा पुग्न पनि सक्छन्। यस्तो भएको छ इजिप्टदेखि फिलिपिन्ससम्म जताततै। दलको साङ्लोमा नबाँधिएका लाखौँ युवा के सोचिरहेका छन् ? यसबारेमा अध्ययन हुनै बाँकी छ। युवा वर्गको चेतना, लक्ष्य र बाटो एकातिर छ भने ठूला राजनीतिक शक्तिहरू अर्कैै बाटो हिँड्न खोजिरहेका छन्। यसले दूरी बढाइरहेको देखिन्छ।

पूर्वीय गोलाद्र्धमा नेपाल ज्ञानभूमि, देवभूमि र धर्मभूमि मानिन्थ्यो, कुनै युगमा। संस्कृतमा लेखिएका कैयन् दुर्लभ ग्रन्थ नेपालमै सुरक्षित थिए। कालचक्रतत्व, बज्रसूची, मेघसूत्र, आदि योग समाधि, महाकलातन्त्र, परमेश्वरतन्त्र, महारोशनतन्त्र, करवीरतन्त्र, शिवधर्मतन्त्र, महानिर्वाणतन्त्र, गुह्यपीठतन्त्र, सिद्धान्त दीपिका, राजनीतिसार, एकावीरतन्त्रलगायतका दुर्लभ ग्रन्थमा धर्म, दर्शन, राजनीति, मानवता र दैनिक व्यवहारमा उपयोगी हुने विविध विषय समेटिएको विद्वान्हरूको तर्क छ।

प्रजातन्त्र ढले पनि बौरिन सक्छ भन्ने उदाहरण धेरै छन्। तर कुनै राष्ट्र जल्यो वा ढल्यो भने त्यसको पुनर्जन्म हुँदैन। तसर्थ, प्रजातन्त्रभन्दा राष्ट्र धेरै माथि हुन्छ।

नेपालका हजारौँ प्राचीन ग्रन्थ हराए। अहिले पनि त्यसको खोजी भएको पाइँदैन। राजा गीर्वाणयुद्धविक्रम शाहले २०३ वर्षअघि स्थापना गरेको पहिलो पुस्तकालय हनुमानढोकामा थियो। नारायणहिटीभित्र पनि धेरै दुर्लभ ग्रन्थ थिए। विश्व भ्रमण गर्ने पहिलो नेपाली केशरशमशेरको केशर पुस्तकालयमा मात्र ४५ हजार पुस्तक थिए भन्ने कुरा उनकै नाति (छोरीका छोरा) शरच्चन्द्र शाहले सुनाएका थिए।

राजगुरु हेमराज पाण्डे (माहिला गुरुज्यू) द्वारा संग्रह गरिएका पुस्तक राष्ट्रिय पुस्तकालयमा राखियो जुन अहिले बेहाल अवस्थामा छ। यदुनाथ खनाल, सरदार भीमबहादुर पाँडे, प्रा.केशरबहादुर केसी आदिमात्र होइन, उनीहरूभन्दा पहिलेका धेरै विद्वान्–विदुषीका दुर्लभ ग्रन्थ राखिएका पुस्तकालयको अवस्थाबारे कसैले खोजी गरेको पाइँदैन। तसर्थ हीरा र कीरा नचिन्ने भनेर कैयन् विदेशी विद्वान्ले बात लाउने गर्छन्।

चीनका नेता माओ र राजा महेन्द्रबीच सुमधुर सम्बन्ध रहे पनि सगरमाथा (माउन्ट एभरेस्ट) चीनकै हो भनेर माओले जिद्दी गरेपछि विवाद भयो। बेइजिङ (ऊबेला पेकिङ भनिन्थ्यो) स्थित माओ निवासमा महेन्द्रले कडा विरोध गर्दैै सगरमाथा नेपालकै भएको दाबी गरे। महेन्द्रले नरम भाषामा कडा तर्क गरे– ‘तपाईँ चीनको ठूलो नेता, चीन नेपालभन्दा धेरै ठूलो राष्ट्र। यो कुरा म हृदयदेखि मान्छु तर इतिहास र भूगोलको गहिरो अध्ययन गर्दा माउन्ट एभरेस्ट चीनमा पर्छ भन्ने कुनै प्रमाण, तर्क र आधार पाइँदैन, महोदय। तसर्थ, तपार्इँले सत्य स्वीकार गर्नुभयो भने न तपाईँको उचाइ घट्छ, न त सगरमाथाकै।’ उनको कूटनीति कहिले चट्टान थियो, कहिले फूल।

महेन्द्रको गम्भीर तर्क सुनेपछि माओले माउन्ट एभरेस्ट नेपालकै भएको स्वीकार गरे। यो कुरा अमेरिकी लेखक लिओ इ. रोजले उनको बहुचर्चित ‘नेपाल ः द स्ट्राटेजी फर सर्भाइभल’ मा उल्लेख गरेका छन्। राष्ट्रियताका सवालमा भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरु र चीनका अध्यक्ष माओलगायत कसैसँग झुकेनन् महेन्द्र। महेन्द्रलाई व्यक्तिगत स्तुति र चाकडी गरेको मन पर्दैनथ्यो। सत्कर्मको मात्र कदर गर्थे उनी। २०१४ सालमा डडेलधुरा, डोटी, बैतडीलगायत जिल्लामा राजा महेन्द्रको भ्रमण हुने निश्चित भएपछि प्रधानमन्त्री टंकप्रसाद आचार्यले आफ्नो पार्टी नेपाल प्रजापरिषद्का नामबाट राजाको तस्बिर अंकित पोस्टरहरू टाँस्न लगाएका रहेछन्। राजाले जताततै आफ्नो फोटो देखेपछि च्यात्न लगाएछन्। व्यक्तिको पूजा गर्ने प्रवृत्ति राम्रो होइन भन्दै उनले जनहित र विकासका काममा लाग्न प्रजापरिषद्का कार्यकर्तालगायत सबैलाई सम्झाएको बैतडी बमराडा निवासी लेखक आत्माराम ओझाले बताएका थिए।

मालिकहरूलाई सत्यवादी भन्दा मिथ्यावादी मन पर्छ। आज नेपालका शासकहरूको वरिपरि विषका घ्याम्पा छन्। शासकका प्रियजनहरू बेलाबखत मालिकलाई गुलियो मन्दविष खुवाइरहेका छन्।

संवत् १८८१ मा अंग्रेजले बर्मामा हमला गरेपछि बर्मासमेत अंग्रेजको शत्रु भयो। कूटनीतिमा शत्रुको शत्रु मित्र हुन सक्छ भन्ने मान्यता छ। सोहीअनुसार नेपालले बर्मामा आफ्ना दूत पठायो। डरलाग्दो भूमरीमा परेका बेला हाम्रा पुर्खाले कसरी राष्ट्र बचाएका रहेछन् भन्ने अध्ययन गर्दा यस्ता कुरा फेला पर्छन्। इतिहासकार चित्तरञ्जन नेपालीले एसियाबाट अंगे्रजलाई धपाउन प्रधानमन्त्री भीमसेन थापाले उठाएका कदमको सबिस्तार चर्चा गरेका छन्। उनले बर्मा गएको प्रतिनिधिमण्डललाई त्यहाँको रक्षा, परराष्ट्र र गृहनीतिको सूक्ष्म अध्ययन गर्न अख्तियारनामा दिइएको लेखेका छन्।

‘श्री ब्रह्माका (बर्मा) मुलुकमा पुगि गन्र्या कामको याददास्त’ शीर्षकमा नौवटा काम फत्ते गर्नू भनिएको छ। त्यहाँ पुगेर मन्त्रीहरूसँग भेट गर्नू, राजाका रानी, छोराछारी र भाइ कति छन् बुझ्नू भनिएको छ पत्रमा। अंगे्रजसँग मिलेका राष्ट्रघातीको विवरण ल्याउनू, राजाले कस्तो–कस्तो उद्योग मन पराउँछन् भन्ने बुझ्नू पनि भनिएको छ। त्यस्तै सेना, राष्ट्रको आम्दानी–खर्च र भूगोल बुझ्नू भन्ने आदेश पनि छ पत्रमा। बर्माका राजा र उनलाई मन पराउने छिमेकी राजाका बारेमा विवरण ल्याउन प्रतिनिधिमण्डललाई आदेश दिइएको छ।

अझ रोचक कुरा, त्यहाँका राजाको वंशावली र ऐन÷कानुनका किताब ल्याउनू, बर्माको धन–दौलत कति छ र जनतासँग कसरी कर उठाउँछन्, त्यो बुझ्नू भनिएको छ। शासकसँग जनता र सेना खुसी छैन्न भने कुनै पनि प्रणाली चल्दैन भन्ने कुरा हाम्रा पुर्खाले बुझेका रहेछन्। तसर्थ, भीमसेन थापाले बर्मा गएको प्रतिनिधिमण्डललाई आदेश दिएका छन्– ‘राजादेखि प्रजाहरू, सिपाहीहरू कत्तिका राजी रह्याछ, मुलुक कत्तिको गुलजार रह्याछ, सो बुझ्नू।’

कपिलवस्तु क्षेत्रमा काबुलतिरबाट आएका मुसलमानहरूले हमला गरेर शाक्य राजवंशको शासन र तत्कालीन राज्य तहसनहस बनाएपछि कपिलवस्तुका राजा अभिराज आफ्ना सेनापति र दलबलसहित आसामको कामारूप–कामाक्ष हुँदै बर्मा पुगेको र त्यहाँका जनताले उनलाई नै राजा बनाएर राखेका सत्यनारायण गोयन्काद्वारा लिखित ‘बर्मा का इतिहास’ पुस्तकमा उल्लेख छ। तसर्थ भीमसेन थापाले बर्माको राजवंशको इतिहास खोज्न लगाएको विश्वास गर्न सकिन्छ।
राष्ट्रलाई संकटबाट बचाउन सुगौली सन्धिपछि अलि बढी सचेत देखिएका रहेछन् शासकहरू।  ‘अंग्रेजहरू कसरी पहाडभित्र पस्न सक्लान्, हजुरका प्रतापले हामीहरू ५२ लाख सिपाही (सबै प्रजा सिपाही भएर लड्छन् भन्ने आशय) उनीहरूसँग लडाइँ गर्नेछौँ औ उनीहरुलाई निकाली छाड्नेछौँ’ भनेर भीमसेन थापाले नै राजालाई उकासेका थिए। यो सामरिक र राजनीतिक भूल थियो।

अमरसिंह थापा, बम शाह, हस्तिदल शाह युद्धका पक्षमा थिएनन्। उनीहरूले राजालाई बिन्तिपत्र चढाएर स्पष्ट भनेका थिए– ‘बुद्धि र विचारले जसले काम गर्छ, उसैले मालिकको काम राम्ररी गर्छ भन्ने भनाइ छ।’ तर अधिकांश शासक कटु सत्य होइन, गुलियो विष मन पराउँछन्। त्यस्तो स्थितिमा उनीहरूमात्र डुब्दैनन्, राष्ट्रलाई डुबाउँछन्। राजतन्त्र होस वा गणतन्त्र, चाकडीबाजको दर्जा र पोशाक मात्र फरक हुन्छ। मालिकलाई खुसी पार्न उनीहरू ‘बोकाले हात्ती पनि उचाल्छ प्रभु’ भन्ने सल्लाह दिन्छन्। मालिकहरूलाई सत्यवादी भन्दा मिथ्यावादी मन पर्छ। किनभने मिथ्या वचन गुलियो हुन्छ। आज नेपालका शासकहरूको वरिपरि विषका घ्याम्पा छन्। शासकका प्रियजनहरू बेलाबखत मालिकलाई गुलियो मन्दविष खुवाइरहेका छन्। ‘माझीको सल्लाहले सात गाउँ डुब्यो’ भनेझैँ राष्ट्र संकटमा परेका बेला सरकारले लोकप्रियता, विश्वसनीयता र सिर्जनशीलता गुमाइहेको छ। यसले गर्दा राजनीति, कूटनीति, सामाजिक व्यवस्थालगायत यत्रतत्र सर्वत्र सरकारको घोर आलोचना भइरहेको छ भने अगाडि चुनौतीको ठूलो पहाड र पछाडि गहिरो खाडल देखिँदैछ।

नेपालमा २०१७ पुस १ मा प्रतिबन्धित दलहरू २०४६ चैत २६ गते राति ‘स्वतन्त्र’ भए। प्रजातन्त्र ढले पनि बौरिन सक्छ भन्ने उदाहरण धेरै छन्। तर कुनै राष्ट्र जल्यो वा ढल्यो भने त्यसको पुनर्जन्म हुँदैन। तसर्थ, प्रजातन्त्रभन्दा राष्ट्र धेरै माथि हुन्छ। गणतन्त्र, लोकतन्त्र वा प्रजातन्त्रका लागि राष्ट्रको अस्मिता, राष्ट्रिय एकता र स्वतन्त्रतामाथि खेलवाड भइरहे पनि राष्ट्र ‘समृद्ध’ बन्न सक्छ तर स्वाधीन रहँदैन। स्वतन्त्रतासहितको समृद्धि मात्र सार्थक मानिन्छ।  सुनको पिंजरामा बस्ने चराभन्दा ‘वनको चरो’ धेरै खुसी र स्वतन्त्र हुन्छ, ऊ त्यसमै रमाउँछ। दल, गुट वा जातका अधारमा राष्ट्र टुक्र्याउन खोज्नेहरू राष्ट्रका परम शत्रु भएकाले उनीहरू आर्थिक समृद्धिलाई मात्रै सभ्यता र सुखको मापदण्ड भनिरहेका छन्। उनीहरूलाई विदेशी शक्तिले त्यही सिकाएका छन्। त्यस्ता शत्रुले आज राष्ट्रवादी शक्तिलाई घेराबन्दी गर्न खोज्दैछ। यो चक्रव्यूहबाट बाहिर निस्कन सकिएन भने हामी अरू बर्बाद हुँदै जानेछौँ।








यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad