coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नेपाल एक स्थान तल

काठमाडौं – फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार जुलाई महिनाका लागि सार्वजनिक गरेको नयाँ वरीयताक्रममा नेपाल एक स्थान तल झरेको छ। यसअघि जुन महिनाका लागि सार्वजनिक गरेको वरीयतामा नेपाल १ सय ६५औं स्थानमा थियो। नयाँ वरीयताअनुसार नेपाल १ सय ६६औं स्थानमा पुगेको हो। एसिया क्षेत्रको वरीयतामा भने नेपाल ३५औं स्थानमा छ। समग्रमा २३औं स्थानमा रहेको इरान एसिया क्षेत्रको शीर्ष स्थानमा छ। त्यस्तै ३३औं स्थानको जापान एसिया क्षेत्रको दोस्रो स्थानमा अटाउँदा गणतन्त्र कोरिया ३७औं स्थानका साथ तेस्रो, ४६औं स्थानको अस्ट्रेलिया चौथो र ६२औं स्थानको २०२२ विश्वकप आयोजक राष्ट्र कतार पाँचौं स्थानमा छन्।

दक्षिण एसियाली देशको वरीयतामा भने नेपाल तेस्रो स्थानमा छ। भारत १ सय तीनौं स्थानमा रहँदा माल्दिभ्स १ सय ५२औं स्थानमा छ। भारत दुई स्थान र माल्दिभ्स एक स्थान तल झरेका हुन्। यस्तै नेपालभन्दा तल रहे पनि एक स्थान सुधार गरेको बंगलादेश १ सय ८२औं, भुटान १ सय ८६औं स्थानमा यथावत् छन्। श्रीलंका २ सयौं र पाकिस्तान २ सय चारौं वरीयतामा अटाउँदा एक÷एक स्थान सुधार गरेका छन्।

यता विश्व वरीयतामा भने बेल्जियम शीर्ष स्थानमा यथावत् रहँदा एक स्थान सुधार गर्दै ब्राजिल दोस्रो स्थानमा उक्लिएको छ। यस्तै फ्रान्स एक स्थान गुमाउँदै तेस्रो स्थानमा रहँदा इङ्ल्यान्ड चौथो स्थानमा यथावत् छ। उरुग्वे तीन स्थान सुधार गर्दै पाँचांै स्थानमा उक्लिँदा पोर्चुगल एक स्थान गुमाउँदै छैटौं स्थानमा पुगेको छ। २०१८ को विश्वकप उपविजेता क्रोएसिया एक स्थान तल झर्दै सातौं स्थानमा अटाउँदा पाँच स्थान सुधार गरेको कोलम्बिया आठौं स्थानमा पुगेको छ। दुई स्थान गुमाएको स्पेन नवौं स्थानमा पुग्दा एक स्थान सुधार गरेको अर्जेन्टिना दशौं वरीयतामा अटाएको छ।

प्रकाशित: १० श्रावण २०७६ ०२:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App