coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

विधान र विशालको जोडीलाई उपाधि

पोखरा -  पोखरामा आयोजित राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि कास्कीका विधान अधिकारी र विशाल बस्नेतको जोडीले जितेको छ । बुधबार भएको फाइनलमा अधिकारी र बस्नेतको जोडीले काठमाडौँका प्रदीप र सुरज महर्जनको जोडीलाई २१–१८, २१–१५ को सेटमा पराजित  गरी उपाधि जितेको हो । विजेताले उपाधिसहित ५० हजार रुपियाँ पुरस्कार प्राप्त ग¥यो भने उपविजेताले रु ३० हजार पुरस्कार पायो ।

४१औं पुष्पलाल स्मृति दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी कास्की र नेपाल राष्ट्रिय वाणिज्य सङ्घको संयुक्त आयोजनामा भएको राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगितामा कास्कीका विशाल खड्का र भूगोल गुरुङ तथा बुटवलका गणेश रायमाझी र शम्भु श्रेष्ठको जोडीले तृतीय स्थान हासिल गरी  १०÷१० हजार पुरस्कार प्राप्त ग¥यो ।

त्यसै गरी गण्डकी प्रदेश खुलातर्फ म्याग्दीका सुरेन्द्र हमाल र रोमन बानियाँको जोडीले कास्कीका ईशान खड्का र ओम थापाको जोडीलाई २१–१५, २१–१३ को सेटमा पराजित गर्दै उपाधि आफ्नो नाममा लेखायो । त्यसै गरी कास्कीकै विशाल हिराचन र वीरेन्द्र कुँवरको जोडीले तेस्रो स्थान हासिल ग¥यो । प्रथम, द्वितीय र तृतीयले क्रमशः रु ३०, २० र १० हजार पुरस्कार प्राप्त गरे ।

कास्की जिल्लास्तरीय खुलातर्फ आशिष श्रेष्ठ र भीम छन्त्यालको जोडीले वसन्त लालचन र सुरज राम्जालीको जोडीलाई २१–१२, २१–१५ को सेटमा पराजित गर्दै उपाधि जित्यो । अनिल सुनार र प्रदीप मल्ल र लक्ष्मण न्यौपाने र अर्जुन गिरीको जोडी तृतीय बन्यो । प्रथम द्वितीय र तृतीय जोडीले क्रमशः २० हजार, १५ हजार तथा १० हजार पुरस्कार रुपियाँ प्राप्त गरे ।

५५ वर्षमाथिको भेट्रान्सतर्फ कास्कीका जयराम हमाल र रामजी बास्तोलाले काठमाडौँका पुष्प ताम्राकार र राजु भुजेलको जोडीलाई १८–२१, २१–१५, २१–१७ को सेटमा पराजित गरेको थियो । धादिङका विष्णुलाल श्रेष्ठ र डोरनाथ सेढाई एवं पुष्प श्रेष्ठ र राजेन्द्र शाक्यको जोडीले तेस्रो स्थान हासिल गरेका थिए ।  विजेता जोडीले २० हजार, १५ हजार र १० हजार रुपियाँ पुरस्कार प्राप्त गरेको राष्ट्रिय वाणिज्य सङ्घका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले जानकारी दिए ।

त्यसैगरी ४५ वर्षमाथिको भेट्रान्समा कास्कीका राजेन्द्र गुरुङ र भूमि गुरुङको जोडी प्रथम बन्दै ३० हजार रुपियाँ पुरस्कार प्राप्त ग¥यो । उनीहरूले काठमाडौँका सुरेश बम र राजु भुजेलको जोडीलाई २१–१५, २१–१५ को सेटमा पराजित गरेका थिए । रुद्र तामाङ र मुना केसी तथा जनक प्रधान र दीपक मुल्मीको जोडी तृतीय भए । द्वितीय र तृतीय जोडीले क्रमशः २० हजार तथा १० हजार पुरस्कार पाए । विजेता खेलाडीलाई गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन, प्रदेशसभा सदस्य एवं नेकपा कास्कीका अध्यक्ष कृष्ण थापा, सचिव बखानसिंह गुरुङ, जिल्ला समन्वय प्रमुख बैनबहादुर क्षेत्री तथा सङ्घका अध्यक्ष सन्जीबबहादुर कोइरालालगायतले पुरस्कार वितरण गरेका थिए ।  
 

प्रकाशित: १० श्रावण २०७६ ०२:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App