coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

ग्रिजम्यानको अनुबन्धन विवादमा

मड्रिड – स्पेनिस ला लिगाका अध्यक्ष ह्याभियर टेवासले हालै मात्र बार्सिलोनामा अनुबन्धित स्ट्राइकर एन्टोनी ग्रिजम्यानको अनुबन्धन रद्द हुन सक्ने बताएका छन्।

बार्सिलोनाले जुलाई १२ मा ग्रिजम्यानको फकुवा रकम १२ करोड युरो भएको घोषणा गरेको थियो। त्यस लगत्तै एट्लेटिको मड्रिडले बार्सिलोनाविरुद्ध सहमति तोडेको भन्दै ला लिगामा अपिल गरेको थियो। एट्लेटिकोले जुलाई १ मा ग्रिजम्यानको फुकुवा रकम २० करोड युरो हुने सहमति भए पनि त्यो घटाइएको बताएको हो। ‘खेलाडीको अनुबन्धन रद्द हुने सम्भावना छ,’ टेवासले भने, ‘ला लिगाले छिट्टै आगामी कदमका बारेमा निर्णय गर्नेछ।’

ग्रिजम्यानले जापानमा इङ्लिस प्रिमियर लिग क्लब चेल्सीलाई २–१ को नतिजा सुम्पिएको खेलसँगै बार्सिलोनाबाट डेब्यु भने गरिसकेका छन्। ‘एट्लेटिकोले अपिल गरेको छ र त्यसैले ग्रिजम्यानलाई बार्सिलोनाबाट खेल्न अनुमति दिने वा नदिने भन्नेमा हामी नै दुविधामा परेको छ,’ टेवासले भने, ‘हामीले यसबारे प्रक्रिया अघि बढाइसकेका छौं। आशा छ, यसबारे छिट्टै अन्तिम निर्णय आउनेछ।’ यसअघि एट्लेटिकोले २०१७ मा बार्सिलोनाले नियमविपरीत ग्रिजम्यानलाई अनुबन्धनको प्रयास गरेको भन्दै फिफामा अपिल गरेको थियो। ग्रिजम्यानले गत सिजन बार्सिलोनाको अनुबन्धन प्रस्ताव अस्वीकार गरेका थिए।

 

प्रकाशित: १० श्रावण २०७६ ०२:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App