१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

श्रृंखलाले चुमिन युरोपको सर्वोच्च शिखर

काठमाडौं – पूर्व मिस नेपाल श्रृंखला खतिवडाले युरोपको सर्वोच्च शिखर ‘मो ब्लाँ’ को सफल आरोहण गरेकी छिन्।  उनी मंगलबार उक्त हिमालको चुचुरोमा पुगेको काठमाडौंस्थित फ्रान्सेली दूतावासले जनाएको छ । पूर्व मिस नेपाल खतिवडा नेपाल–फ्रान्स कूटनीतिक सम्बन्धको ७० औं वर्ष पुगेको अवसरमा आयोजना गरिने विशेष कार्यक्रमका लागि सद्भावना दूत हुन्।

पूर्व मिस नेपाल खतिवडाले मो ब्लाँ शिखर पुगेर नेपाल र फ्रान्सको राष्ट्रिय झन्डा फहराएकी थिइन् । उनको आरोहणको सम्पूर्ण खर्च काठमाडौंस्थित फ्रान्सको दूतावासले मिलाएको विज्ञप्तिमा उल्लेख गरिएको छ । आरोहण नेपाल–फ्रान्स कूटनीतिक सम्बन्ध ७० औं वर्ष पुगेको अवसरामा गरिएको दूतावासले जनाएको छ ।

चार हजार ८०८ मिटर मा रहेका उक्त हिमाल फ्रान्स र इटालीको सिमानामा रहेको छ । ‘माउन्ट ब्लाँको सफल आरोहण गरेकी पूर्व मिस खतिवडाले अब विश्व चर्चित साईकल रेस ‘टुर डी फ्रान्स’ मा सहभागी हुनेछिन् । त्यहाँ उनले साईकल चालक तथा आयोजकसँग अन्तरक्रिया गर्ने कार्यक्रम राखिएको छ । उनी आगामी जुलार्ई २८ का दिन टुर डे फ्रान्सको समापन समारोहमा पनि सहभागी हुनेछिन्,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित: १० श्रावण २०७६ ०१:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App