coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र प्रहार

सियोल – उत्तर कोरियाले नयाँ क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सैनिक अधिकारीले बताएका छन्। बिहीबार बिहानै उत्तर कोरियाको बोनसानबाट प्रहार गरिएका दुई वटा क्षेप्यास्त्रले करिब चार सय ३० किलोमिटर यात्रा गरेर समुद्रमा खसेको थियो।

दक्षिण कोरियाका सेनापतिले पछिल्लो क्षेप्यास्त्र नयाँ रहेको र त्यस्तो क्षेप्यास्त्र यसअघि कहिल्यै नदेखिएको बताएका छन्। दक्षिण कोरियाली र अमेरिकी गुप्तचर निकायले गरेको विश्लेषणमा ती दुवै क्षेप्यास्त्र आधुनिक र नयाँ रहेको उल्लेख छ। पहिलो क्षेप्यास्त्र करिब चार ३० किलोमिटर टाढा पुगेर समुद्रमा खसेको भए पनि अर्को क्षेप्यास्त्र छ सय ९० किलोमिटर टाढा पुगेको उनीहरुको विश्लेषण छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ अनबीच गत महिना एकाएक दुई कोरियालाई छुट््याउने पानमुनजोङमा भेटवार्ता भएपछि यो पहिलो क्षेप्यास्त्र परीक्षण हो। दुवै नेताबीच कोरियाली द्वीपबाट आणविक निःशस्त्रीकरण गर्ने  विषयमा वार्ता र छलफल अगाडि बढाउने सहमति भएको थियो।

विश्लेषकले अर्को महिना हुन लागेको अमेरिका–दक्षिण कोरिया संयुक्त सैन्य अभ्यासप्रति उत्तर कोरियाले असन्तुष्टी प्रकट गर्न क्षेप्यास्त्र परीक्षण गरेको हुनसक्ने बताएका छन्। गत मे महिनामा पनि उत्तर कोरियाले छोटो दूरीको क्षेप्यास्त्र प्रहार गरेको थियो। उक्त घटनालाई सामान्य रुपमा लिँदै राष्ट्रपति ट्रम्पले सानातिना घटनाले दुई मुलुकबीचको सम्बन्धमा असर नपार्ने बताएका थिए।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले दुई मुलुकबीच हाल अबरुद्ध रहेको वार्ता मध्य जुलाईमा सुरु हुनसक्ने यस अघि बताइसकेका थिए यो तर गत साता उत्तर कोरियाले अमेरिका–दक्षिण कोरियाबीच हुन लागेको संयुक्त सैन्य अभ्यासले वार्तामा असर पर्ने जनाएको थियो। उत्तर कोरियाले प्रहार गरेको क्षेप्यास्त्र बारेको समाचार टिभीमा हेर्दै सियोलको रेल्वे स्टेसनमा जम्मा भएका सर्वसाधारण। तस्बिर ः एपी
 

प्रकाशित: १० श्रावण २०७६ ०१:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App