८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

काबुलमा आत्मघाती विस्फो, ५ को मृत्यु

काबुल – अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको आत्मघाती बम विस्फोटमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ। काबुलमा अन्य दुई बम विस्फोट पनि भएको जनाइएको छ।

अमेरिकाको नेतृत्वमा तालिबान लडाकू समूहसँग शान्ति वार्ताको प्रयास जारी रहेको अवस्थामा काबुललगायत अफगानिस्तानको अधिकांश क्षेत्रमा द्वन्द्व बढेको छ। पूर्वीकाबुलमा स्थानीय समयअनुसार बिहीबार बिहान ०८ः१० बजे मोटसाइकलमा आएको एक आत्मघाती आक्रमणकारीले एक बसलाई लक्ष्य गरी विस्फोट गराएको गृह मन्त्रालयका प्रवक्ता नसरात रामीले बताएका छन्। यस आत्मघाती विस्फोटमा परी पाँच जनाको मृत्यु भएको प्रवक्ता रामीले बताए।

सो बस खनिज र पेट्रोलियम मन्त्रालयसँग आबद्ध भएको र मृतकको संख्या अझै बढ्नसक्ने सरकारी अधिकारीले बताएका छन्। काबुलमा नै एक कारबमसहित दुई बम विस्फोट भएको पनि रामीले जानकारी दिए। दुई बम विस्फोटको विस्तृत विवरण प्राप्त नभएको र आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा नलिएको जनाइएको छ।

तालिवान कमाण्डरसहित ५० लडाकू मारिए
तयस्तै, अफगानिस्तानमा बिहीबार भएको हवाई आक्रमणमा परी ५० भन्दा बढी तालिवान लडाकूको मृत्यु भएको जनाइएको छ। तालिवान लडाकूहरू भेला भएर बसेको सूचनाका आधारमा गरिएको आक्रमणमा परी जिल्लास्तरीय प्रमुख कमाण्डर पनि मारिएको जनाइएको छ।
अफगानिस्तानको पश्चिमी बाघीस प्रान्तका इलाकामा आक्रमण भएको प्रान्तीय गभर्नर अब्दुल घाफुर माजिक्जाइले बताए। ‘गुप्तचर निकायले दिएको सूचनाका आधारमा सुरक्षा निकायले हवाई आक्रमण गरेको थियो,’ उनले भने। हवाई आक्रमण जारी राख्ने पनि उनले बताए। घटनाका बारेमा तालिवान लडाकूहरूको तर्फबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया नआएको समाचारमा जनाइएको छ।
 

 

 

प्रकाशित: १० श्रावण २०७६ ०१:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App