७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

तालिवान कमाण्डरसहित ५० लडाकू मारिए

काबुल– अफगानिस्तानमा बिहीबार भएको हवाई आक्रमणमा परी ५० भन्दा बढी तालिवान लडाकूको मृत्यु भएको छ।

तालिवान लडाकूहरू भेला भएर बसेको सूचनाका आधारमा गरिएको आक्रमणमा परी जिल्लास्तरीय प्रमुख कमाण्डर पनि मारिएको अधिकारीहरुले जनाएका छन्। अफगानिस्तानको पश्चिमी बाघीस प्रान्तमा पर्ने अब कुमारी इलाकामा आक्रमण भएको प्रान्तीय गभर्नर अब्दुल घाफुर माजिक्जाईले बताए। 'गुप्तचर निकायले दिएको सूचनाका आधारमा सुरक्षा निकायले हवाई आक्रमण गरेको थियो, घटनास्थलमा तालिवान लडाकूहरुको भेला चलिरहेको थियो,' उनले भने।

घटनामा परी लडाकूहरुका जिल्ला प्रमुख सायद शाह मारिएको गभर्नर माजिक्जाईले जानकारी दिए। घटनास्थलमा लडाकूविरुद्ध सरकारी सुरक्षाकर्मीहरुले हवाई आक्रमण जारी राख्ने पनि उनले बताए। स्थानीय बासिन्दाका अनुसार तालिवान लडाकूहरू गत दश दिनदेखि यस क्षेत्रमा बसेका थिए। उनीहरूले त्यस भेलामा आफ्ना योजना र रणनीतिका बारेमा छलफल गरेका थिए। घटनाका बारेमा तालिवान लडाकूहरूको तर्फबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया नआएको समाचारमा जनाइएको छ। रासस/सिन्ह्वा

प्रकाशित: ९ श्रावण २०७६ १३:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App