coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

मौद्रिक नीतिले लगानीकर्तालाई उत्साहित बनाएन, नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडाैं– चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछि शेयर कारोवारमा गुणात्मक सुधार आउने अपेक्षामा रहेका लगानीकर्ता आज निराश भएका छन्। शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ। नेपाल राष्ट्र बैंकले बुधबार आर्थिक वर्ष २०७६/०७७ को मौद्रिक नीति सार्वजनिक गरेको थियो।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४.१५ अङ्कले घटेर एक हजार २६९.९२ मा पुगेको छ। प्रतिशतका आधारमा आज परिसूचक १.१० प्रतिशतले घटेको हो। यस्तै ठूला कम्पनीका शेयर कारोवार मापक सेन्सेटिभ परिसूचक २.६६ अङ्कले घटेर २७३.४७ मा पुगेको छ। परिसूचक ओरालो लागे पनि कारोवार रकम भने सुधार देखिएको छ।

कूल १७१ कम्पनीका २१ लाख ९८ हजार १२६ कित्ता शेयर ५५ करोड पाँच लाख ३२ हजार १४६ रुपैयाँ मूल्यमा खरीद बिक्री भए। स्टकका अनुसार कारोवार भएका १२ वटै उपसमूहका शेयर ओरालो लागेको छ। बैंकिङ १२.५६, व्यापार २.६२, होटल ३२.८४, विकास बैंक १८.७६, जलविद्युत् २१.५४, वित्त ३.८४, निर्जीवन बीमा ८४.३५, उत्पादन १५.४८, अन्य ५.१४, लघुवित्त १९.६८, जीवन बीमा ५३.५४ र सामूहिक लगानी कोषको शेयर ०.११ अङ्कले घटेको छ।

स्टकका अनुसार कारोवारका आधारमा आज प्रभु बैंक शीर्ष स्थानमा रह्यो। सो बैंकको छ करोड १७ लाख ५१ हजार ८२७ रुपैयाँ, कृषि विकास बैंक चार करोड १८ लाख ३२ हजार ८०६ रुपैयाँ, नेपाल बैंक लिमिटेड तीन करोड ९९ लाख सात हजार ४२८ रुपैयाँ, माथिल्लो तामाकोशी दुई करोड ४६ लाख २४ हजार ५१५ रुपैयाँ, मेगा बैंक दुई करोड ११ लाख ८६ हजार ८४७ रुपैयाँ र एनआइसी एशियाको एक करोड ५६ लाख सात हजार ९४९ रुपैयाँ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे।

नेपाल ल्यूब आयलका शेयरधनीले ८.८१ प्रतिशतले कमाउँदा श्रीराम सुगर मिल्स ४.६१, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था ३.५२, खानीखोला हाइड्रोपावर ३.०३ र नेपाल हाइड्रो डेभलपरका लगानीकर्ताले १.६४ प्रतिशतले कमाए। यस्तै युनियन हाइड्रोपावर ९.५७, नेशनल माइक्रो फाइनान्स वित्तीय संस्था ५.०६, बरुण हाइड्रोपावर ४.२१, नाडेप लघुवित्त वित्तीय संस्था ४.१८, ओरियन्टल होटल ३.७८ र गणपति माइक्रो फाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ३.७१ प्रतिशतले गुमाए।रासस

प्रकाशित: ९ श्रावण २०७६ १२:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App