काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुनः सुरु

बिहिबार, ०९ साउन २०७६, १७ : ३३ नागरिक संवाददाता

काठमाडौं– नेपाली काँग्रेसले पार्टीको आसन्न १४ औं महाधिवेशनबारे औंपचारिक छलफल सुरु गरेको छ। 

स्थगित नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बिहीबारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा आसन्न १४ औं महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने व्यवस्थासहितको विधान मस्यौदामाथि छलफल सुरु भएको हो। पार्टीको आसन्न १४ औं महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने सन्दर्भमा केन्द्रिय कार्य समितिको बैठकमा औपचारिक छलफल सुरु गरिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। बैठकमा सो प्रस्ताव पार्टीका तर्फबाट महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा पेश गरेका थिए भने उपसभापति विजयकुमार गच्छदार र नेता महेश आचार्यलगायतले सो प्रस्तावमाथिको छलफलमा भाग लिएको पनि प्रवक्ता शर्माले बताए।

काँग्रेसको गत जेठ २२ गतेबाट सुरु भएको केन्द्रीय कार्य समिति बैठकले यसअघि नै पार्टीको नियमावली पारित गरिसकेको छ। बिहीबार सुरु भएको बैठकमा पार्टीको आसन्न महाधिवेशनको कार्ययोजना तय गरी प्रक्रिया अघि बढाउने विषय प्रवेश गराइएको छ। १४ वटा एजेन्डा तय गरी जारी केन्द्रीय कार्य समिति बैठकमा पार्टीको विभाग, निकाय, भातृ संगठनहरुलाई पूर्णता दिने विषयमा पनि छलफल हुने प्रवक्ता शर्माले बताए।








यसमा तपाईको मत

अन्य समाचार

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad