coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

दुर्घटनामा जीप चालकको निधन

लमजुङ– बेसीसहर–चामे सडकखण्ड अन्र्तगत च्याम्चेमा जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै निधन भएको छ।

बिहीबार मनाङ तर्फको म्यार्दीखोलाबाट बेसीसहर तर्फ आउँदै गरेको ग १ ज ६७८६ नम्बरको जीप मस्र्याङ्दी गाउँपालिका ४ च्याम्चेमा दुर्घटना हुँदा चालक धनबहादुर आचार्यको मृत्यु भएको हो।

जीपमा तनहुँको दमौली घर भएका चालक आचार्य मात्रै रहेको र सडकबाट तल मस्र्याङ्दी नदी किनारमा खस्दा उनको मृत्यु भएको जीपधनी नेत्रबहादुर गुरुङले बताए। दिउँसो करिब साँढे १२ बजेतिर दुर्घटना भएको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय र बाहुनडाँडा प्रहरी चौकीबाट प्रहरी घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक बसन्त पाण्डेले बताए।

मृत्यु भएका आचार्यको बेसीसहरस्थित सामुदायिक अस्पतालमा पोष्टमार्टम् गरी परिवारलाई बुझाईने उनले बताए।

प्रकाशित: ९ श्रावण २०७६ १०:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App