७ वैशाख २०८१ शुक्रबार
समाज

हेभि र लाइट सवारीको नक्कली स्मार्ट लाइसेन्स बनाउने पक्राउ

पर्सा – हेभि र लाइट सवारी साधानको नक्‍कली सवारी चालक अनुमति पत्र (स्मार्ट कार्ड) बनाउने एकजना पक्राउ परेका छन्। बाराको जितपुर सिमरा उप महानगरपालिका  वडा नम्बर ७ का ३१ बर्षीय दिपक अर्याल नक्कली स्मार्ट लाइसेन्स बनाएको आरोपमा पक्राउ परेका हुन्।

अर्यालले आफनै टोलका एक दर्जन ब्यक्तिहरुलाई हेभि र लाइट सवारी चालक अनुमति पत्र बनाई दिने भन्दै रकम लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बाराका प्रहरी नायव उपरीक्षक रञ्‍जित सिंह राठौरले जानकारी दिए।

गोप्य सुचनाको आधारमा प्रहरीले अर्याललाई जितपुर बजारबाट पक्राउ गरेको हो।पक्राउ परेका अर्यालकाे साथबाट प्रहरीले नक्कली सवारी चालक अनुमति पत्र ५ थान,लाइसेन्स लिन बुझाइएको रसिद फारम बरामद गरिएको बारा प्रहरीले जनाएको छ।

प्रहरी नायव उपरीक्षक सिंह राठौरले हेभि सवारी चालकसित प्रतिब्यक्ति ५० हजार र लाईट सवारी चालकसित १० हजार रकम लिई नक्कली सवारी चालक अनुमति पत्र स्मार्ट कार्ड बनाउदै आएको बताए।  अर्याल बिरुद्ध लिखत किर्ते मुदा दर्ता गरी अदालतबा ५ दिनको म्याद थप गराई कारवाही प्रक्रिया अघि बढाइएको छ।

प्रकाशित: ९ श्रावण २०७६ ०८:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App